Wednesday, July 1, 2020

हँसपुर नगरपालिकाद्वारा मृतक सदा परिवारलाई नगद सहित खद्यान्न समाग्री हस्तान्तरण

जनकपुरधाम, १७ असार । क्वारेन्टाइनमा उपचारको क्रममा मृत्यु भएको धनुषाको हँसपुर नगरपालिका ६ पर्साही बस्ने राजु सदाको परिवारलाई हँसपुर नगरपालिकाले बुधवार खद्यान्न समाग्री हस्तान्तरण गरेको छ ।
मेयर रामज्ञान मण्डलले मृतक सदा परिवारका बुवा अशेश्वर सदालाई चावल २ क्वीन्टल, प्याज ५० केजी, दाल ३० केजी, आलु ५० केजी, नून ५ केजी, खानेतेल १५ केजी, त्रिपाल दुई पिस, साडी २ पिस, बच्चाहरुको कपडा ३ सेट, गच्छा, गच्जी, धोती सहितको सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा मेयर मण्डलले आफूले प्यारो भाई गुमाएको भन्दै शोकाकुल परिवारजनप्रति दुःख व्यक्त गरेका छन् ।
त्यस्तै नेपालका साउदी राजदूतले पनि सदा परिवारलाई आर्थिक सहयोग गरेका छन् । हँसपुर नगरपालिकाको अपिलमा नेपालका साउदी राजदूत महेन्द्र सिंहले नगद ५० हजार रुपैया सहयोग गरेको बताइएको छ ।
सदाको मृत्यु के कारणले मृत्यु भएको हो त्यसको छानबिन गरी दोषीमाथि कारवाहीको माँग मेयर मण्डलले गरेका छन् ।  उनले यहाँबाट होसोहवासमा प्रादेशिक अस्पतालमा गएको तर प्रादेशिक अस्पतालमा उपचार हुन सक्दा उहाँको मृत्यु भएको बताएका छन् ।
मृतक सादालाई जेठ १४ गते हँसपुर स्थित क्वरेन्टाइनमा राखिएको थियो । तर उहाँको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा जेठ २८ गते प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ पनि चिकित्सकले उपचार नगरेपछि असार ८ गते उहाँको मृत्यु भएको छ । हँसपुर क्वारेन्टाइन र प्रादेशिक अस्पतालमा चिकित्सकको लापरवाहीको कारण राजु सदाको मृत्यु भएको पीडित परिवारले आरोप लगाउँदै आएका छन् ।
खद्यान्न समाग्री हस्तान्तरणमा उपमेयर रेणु झा, लेखा अधिकृत फिरोज आलम, स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment