Saturday, July 25, 2020

प्रदेश २ मा २५ को मृत्यु ९ घाइते, करोडौको क्षति

जनकपुरधाम, १० साउन । लगातार वर्षाको कारण प्रदेश २ को विभिन्न जिल्लामा आएको बाढीमा परी २५ जनाको मृत्यु र ९ जना घाइते भएको छ भन्ने करोडौको क्षति पुर्याइएको छ ।
मृत्यु हुने जिल्लाहरुमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, पर्साको रहेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार सिरहामा पानीमा डुबेर १ जनाको र बगाएर दुई जनाको मृत्यु भएको छ । धनुषामा चारजनाको पानीमा डुबेर मृत्यु भएको छ भन्ने एकजना घाइते भएका छन् । महोत्तरीमा चारजनाको डुबेर मृत्यु भएको छ भने एकजनालाई बगाएर मृत्यु भएको छ । सर्लाहीमा चारजनाको डुबेर मृत्यु भएको छ भने दुईजनालाई बाढीले बगाएर मृत्यु भएको छ ।  सप्तरीमा घर भत्किएर एकजना घाइते भएका छन् ।
त्यस्तै रौतहटमा पानीमा डुबेर ४ जनाको मृत्यु एकजना घाइते र दुईजनालाई खोलाले बगाएर बेपता । पर्सामा तीनजनाको डुबेर मृत्यु भएको छ ।  त्यस्तै आठवटै जिल्लामा ५९५ वटा घरका २९९९जना बाढी प्रभावित भएको छ । त्यसैगरी २५२ घरका १०५१ विस्थापित भएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांमा बाढी पहिरोलाई लक्षित गरी प्रदेशमा २८१० प्रहरी परिचालन गरिएको जनाइएको छ ।
वर्षाको कारण आएको बाढीबाट धानबालीको यकिन गर्न नसकिने भएपनि घर टहरा लगायतमा करोडौंको क्षति भएको छ ।

No comments:

Post a Comment