Thursday, July 2, 2020

दलितहरुको विरोध जुलुसमा, प्रहरीद्वारा, आश्रु ग्यास, गोली र लाठी प्रहार


जनकपुरधाम, १७ असार । मृतक शम्भु र राजु सदाको घटनामा दोषीमाथि कारवाहीको माँग गर्दै दलित समुदायहरुले जनकपुरधाममा निकालिएको विरोध जुलुसमा प्रहरीले आश्रु ग्यास, हवाई फायर तथा लाठी प्रहारी गरेको छ ।
जनकपुरधामको रंगभूमि मैदानमा जम्मा भई निस्केको सो विरोध र्याली रामानन्द चौक, पिडारी चौक, वन्सीचौक हुँदै मधेश भवन अगाडि आउँद प्रहरीले लाठी प्रहार गरेका छन् । लाठी प्रहारबाट पनि प्रदर्शनकारीहरुले अगाडि बढ्दै जाँदा प्रहरीले ३ राउण्ड आश्रु ग्यास, ३ राउण्ड गोली हवाई फायर समेत चलाएको प्रदर्शनकारीहरुले दावी गरेका छन् । यता प्रहरी उपरीक्षक रमेश बस्नेतसँग सम्पर्क गर्दा उहाँको फोन उठेन ।
प्रहरीको लाठी प्रहारबाट केही युवाहरुलाई समान्य चोटपटक लागेको छ । तर प्रदर्शनकारीसँगै रहेका पत्रकार विपि साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
प्रदर्शनमा सहभागीहरुलेमृत शम्भु र राजु सदाको परिवारलाई संघीय सरकारबाट क्षतिपूर्ति देउ, प्रहरी हिरासतमा मान्छे मार्न पाईदैन, नवलपरासी घटनाको दोषीमाथि कारवाही गर, दलितमाथि हत्या, हिंसा बन्द गर लगायतको प्ले कार्ड बोकेर नारा जुलुस लगाएका थिए ।
कोणसभामा दलित अगुवाहरुले प्रहरी हिरासतमा झुण्डिएर मृत्यु भएको शम्भु सदाको र क्वाइरेन्टाइनमा उपचार हुन नसक्दा मृत्यु भएका राजु सदाको घटनामा संलग्नमाथि छानबिन गरी दोषीमाथि कारवाहीको माँग गरेको छ ।
धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा रहेका शम्भु सदाको झुण्डिएरको अवस्थामा शव फेला परेको थियो ।  त्यस्तै धनुषाको हँसपुर नगरपालिका ६ पर्साही बस्ने राजु सदाको क्वारेन्टाइनमा उपचार सम्भव हुन नसक्दा प्रदेशिक अस्पतालमा पु्र्याइएको थियो । तर त्यहाँ पनि चिकित्सकले उपचार नगरेपछि मृत्यु भएको थियो ।

No comments:

Post a Comment