Thursday, July 30, 2020

प्रदेश २ मा चार महिना ३१७ जनाले गरे आत्महत्या


जनकपुरधाम, १५ साउन । नेपाल सरकारले लगाएको लकडाउनको ४ महिनामा ३१७ जनाले आत्महत्या गरेको तथ्यांक बाहिर आएको छ ।
प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २०७६ चैत्र ११गतेदेखि २०७७ असार २४ गतेसम्मको यो तथ्यांक हो । उपलब्ध तथ्यांक अनुसार विष खाएर १८ जना पुरुष २६ महिला, एकजना बालक र ६ जना बालिका गरी ५१ले आत्महत्या गरेको छ । त्यस्तै आगो लगाएर महिला २ जनाले आत्महत्या गरेकी छन ।
त्यस्तै झुण्डिएर ८८ जना पुरुष ११२ जना महिला, १४ जना बालक र ३७ जना बालिका गरी २६२ जना, औजार हातहतियारबाट महिला १ जना, डुबेर एकजना आत्महत्या गरेको तथ्यांक छ ।
यसरी हेर्दा पुरुष १०६ जना, महिला १४२ जना, बालक १५ जना, बालिका ४३ जना आत्महत्या गरेका छन् ।
धनुषामा ५४जना, महोत्तरीमा २४ जना, सिरहामा ५४ जना, बारामा ३३ जना, पर्सामा ३४ जना, रौतहटमा २७ जना, सर्लाहीमा ४८ जना, सप्तरीमा ४३ जना आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्यांक रहेको छ ।


No comments:

Post a Comment