Wednesday, August 1, 2018

महिला शिक्षित भए मात्र सामाजिक विकृति हटछ ः मुख्यमन्त्री राउत


जनकपुरधाम, १६ साउन । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा महिला शिक्षित भए मात्र सामाजिक कुरिती र विकृति हटने दावी गरेका छन् । सामाजिक परिवर्तनका लागि  प्रदेश सरकारले ल्याएको अभियान ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमलाई सफल पार्नका लागि सबैमा आग्रह गरेका छन् ।
इन्सेकले आयोजना गरेको २४ औ प्रकाश मानव अधिकार पुरस्कार २०७४ प्रदान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकार संरक्षणको लागि प्रतिवद्ध रहेको बताएका छन् । उनले समाजिक न्यायको लागि मानव अधिकारको संरक्षण आवश्यक रहेकोले प्रदेश सरकार चाँडै मानव अधिकार संरक्षण ऐन ल्याउन लागेको बताएका छन ।
समाजिक विकृतिहरुले मानव अधिकारलाई चुनौति दिदै आएको उल्लेख गर्नु हुँदै उनले समाजिक विकृति अन्तको लागि महिलालाई शिक्षित हुनु आवश्यक रहेको बताएका छन् । उनले भने, ‘ महिला शिक्षित नभएसम्म समाजिक विकृति अन्त हुन सक्दैन त्यसैले प्रदेश सरकार  ‘बेटी पढाउ,बेटी बचाउ अभियानलाई प्राथमिकतामा राखेर अघि बढेको छ । ’
मानव अधिकार आयोग समावेशी नभएकै कारण आयोगको काम कर्तव्य प्रति प्रश्न उठने गरेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मानव अधिकार आयोगलाई समावेशी बनाउन सम्बन्धित पक्ष संग आग्रह समेत गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री राउतले २४ औ प्रकाश मानव अधिकार पुरस्कार २०७४ रौतहटका मानवअधिकारकर्मी मो. मकसुद राँकीलाई प्रदान गरेका छन् । मुख्यमन्त्री राउतले राँकीलाई सम्मानपत्र तथा नगद पचास हजार रुपैयाबाट पुरस्कृत गरेका छन् ।
इन्सेकका अध्यक्ष सुबोध प्याकुरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, राष्टूपतिका मानवअधिकार सल्लाहकार सुशिल प्याकुरेल सहितको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment