Tuesday, August 14, 2018

सवारी सञ्चालन तथा दुर्घटना सम्बन्धी अन्तरक्रिया कार्यक्रम


जनकपुरधाम, २९ साउन । जनकपुरधाममा ‘सवारी संचालन तथा दुर्घटना व्यवस्थापन’ सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
युनाईटेड नेपाल टूान्सपोर्ट भलाई एण्ड इन्भेष्टमेन्ट प्रा.लि. द्वारा मंगलवार आयोजित अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष राजेन्द्र तिवारीले सवारी दुर्घटनाका कारण धन र जनको व्यापक क्षतिबाट विस्थापित हुने पुगेका हजारौं व्यावसायीहरुको भावनालाई आत्मसाथ गरी यो संस्था स्थापना गरिएको बताएका छन् ।
उनले नेपाल सरकारकै स्वामित्वमा यो संस्था स्थापना गरिएको भन्दै यसको उद्देश्य वैज्ञानिक ढंगबाट दुुर्घटनालाई व्यवास्थापन गर्न र नियम अनुसार मृतक परिवारलाई तत्काल क्षतिपूर्ति र घाइतेहरुलाई असिमित दायित्व वहन गर्ने रहेको बताएका छन् ।
केन्दिय अध्यक्ष तिवारीले सवारी दुर्घटनामा मृत्यु हुनेहरुका मृतक आफन्तलाई तत्काल कानूतः रकम उपलब्ध गराउने, घाइते भएमा अनुभवी चिकित्सबाट औषधी उपचारको पूर्ण व्यवस्था गर्ने, सवारी क्षतिको दायित्व बहन गर्ने लगायतको क्षेत्रमा कार्य गर्ने बताएका छन् ।
उनले भने, ‘सातवटै प्रदेशमा यो संगठतको विस्तार गर्ने छौ । अरु प्रदेशमा भई सकेको छ । यस प्रदेशमा आजै गठन हुन्छ ।’
विनोद श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, राजेन्द्र कुमार जैन लगायतका व्यक्तिहरुले धारणा राखेका छन् ।

No comments:

Post a Comment