Saturday, August 11, 2018

प्रदेश २ संसदीय मामिला पत्रकार समाज गठन


जनकपुरधाम, २५ साउन । प्रदेश २ मा संसदीय मामिला पत्रकार समाज गठन गरिएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाको आयोजनमा भएको पत्रकारहरुको भेलाले अन्नपूर्ण पोष्टकी धनुषा समाचारदाता मनिका झाको नेतृत्वमा ९ सदस्य समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा दैनिक जनकपुरका कैलाश दास, सचिवमा टीभी टुडे जनकपुरका दीपक कर्ण, कोषाध्यक्षमा उज्यालो नेटवर्कका शैलेन्द्र महतो क्रान्ति चयन भएका छन् । समितिको सदस्यहरुमा माउन्टेन टीभीका बटुकनाथ झा, थहा सञ्चारका गोविन्द महतो, अप्पन टीभीका संजय साह, कान्तिपुर टीभीका वृषेश यादव र समाचार दैनिककी नेहा झालाई सर्वसम्मतिले चयन गरिएको हो ।
नेपाल पत्रकार महासंघ धनुषा शाखा र नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को रोहवरमा संसदीय मामिला पत्रकार समाज प्रदेश २ गठन गरिएको छ ।
यस्तै समितिका सल्लाहकारमा महासंघ प्रदेश २ का सचिव किरण कर्ण, महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, राससका हिमांशु चौधरी, रेडियो नेपालका अजय झा, कान्तिपुर दैनिकका श्यामसुन्दर शशी, लोकान्तरका अजय अनुरागी, तराई टाईम्सका विरेन्द्र रमण र नेपाल टेलिभिजनका श्रीनारायण साहलाई चयन गरेको छ ।
संसदीय रिपोर्टिंगको क्रममा आईपर्ने बाधाव्यवधानको निराकरण एवं सहज समाचार संकलनको लागि वातावरण तयार गर्ने उद्देश्यसहित संसदीय मामिला पत्रकार समाज गठन गरिएको छ ।

No comments:

Post a Comment