Wednesday, August 1, 2018

मेयर साहद्वारा वृक्षारोपण


जनकपुरधाम, १६ साउन । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बुधवार वृक्षारोपण गरेका छन् ।
एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुर उपमहानगरपालिका भित्रमा भएको सडक निर्माणको पेटी छेउमा बनाइएको फुथपाथमा सो वृक्षारोपण गरिएको छ ।
जनकपुर चुरोट कारखानादेखि थापाचौकसम्मको सडकको पेटीमा बनाइएको फुथपाथ विभिन्न जातको विरुवाहरु मेयर साह र उपमेयर रिता कुमारी मिश्रले संयुक्त रुपमा वृक्षारोपण गरेको छ ।

No comments:

Post a Comment