Saturday, August 11, 2018

अपा·लाई कृतिम खुट्टा


जनकपुरधाम, २५ साउन । मारवाडी युवा मञ्चले जनकपुरमा शुक्रवार २५ जना अपांगलाई कृतिम खुट्टा वितरण गरेको छ ।
मञ्च जनकपुुरधामका अध्यक्ष अभिशेष चौधरीको अध्यक्षतामा भएको अपाङ्गहरुलाई ‘कृतिम खुट्टा वितरण तथा सम्मान कार्यक्रम’का प्रमुख अतिथि प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मारवाडी समुदायले अपाङ्गहरुको लागि गरेको कार्य सराहनीय रहेको भन्दै यिनीहरुबाट अरु समाजले सिख्नुपर्ने धारणा औल्याएका छन् ।
प्रदेश प्रमुख कायस्थले अपाङ्गहरुलाई कृतिम खुट्टा वितरण गर्नु भन्दा उनीहरुको जीवनयापनका लागि अगाडि आउनु समाज र राज्यले दायित्वको रुपमा लिनुपर्ने बताएका छन् । अपाङ्गहरुभित्र रहेको क्षमतालाई सदुपयोग गर्नका लागि सबैमा आग्रह गरेका छन् ।एउटा अथवा दुईटै खुट्टा नभएर कष्टकर जीवन विताइरहेका अपांगहरुलाई सानो सहयोग स्वरुप कृत्रिम खुट्टा वितरण गरेको मारवाडी युवा मञ्च जनकपुरका कोषाध्यक्ष एवं सो कार्यक्रमका संयोजक राहुल सिंहानियाले बताएका छन् । 
सो अवसरमा समाजिक क्षेत्रमा काम गर्ने तीनजना समाजसेवीलाई सम्मान समेत गरिएको छ । जनकपुरको स्वर्गद्धारीका निर्माण समाजसेवी पवन सिंहानिया, गंगासागर सरसर्फाइ अभियानका अभिन्ता एवं प्रदेश सांसद राअशिष यादव र राराब क्याम्पसका जग्गादाता परिवारका रामचन्द्र साहलाई मञ्चले सम्मान गरेको हो ।
कार्यक्रममा प्रदेश २ का साँसद रामअशिष यादव, परमेश्वर साह, मारवाडी सेवा समिति काठमाडौं नेपालका अध्यक्ष एवं पूर्व साँसद श्रवण कुमार गोयन्का, महेन्द्र अग्रवाल लगायतका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् । करीब १० लाखभन्दा बढी रकमको कृतिम खट्टा वितरण गरिएको जानकारी समेत गराइएको छ ।

No comments:

Post a Comment