Tuesday, August 14, 2018

परिचालकहरुद्वारा नगरभित्र प्रदर्शन


जनकपुरधाम, २९ साउन । प्रदेश नं. २ का सामाजिक परिचालकहरु आन्दोलनमा उत्रेका छन ।
नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं. २ ले आन्दोलनको पूर्वनिधारित कार्यक्रम अनुसार आज दोश्रो दिन पनि जनकपुरमा प्लेकार्ड सहित प्रदर्शन गरेको छ । जनकपुरको पिडारी चोक देखि शुरु भएको प्रर्दशन नगर परिक्रमा गर्दै जनक चोेकमा कोणसभामा परिणत भएको थियो । लामो समयसम्म जनताको सेवा गरे पनि गत असारबाट प्रदेश नं. २ का ८ सय ५४ जना सामाजिक परिचालकलाई नेपाल सरकारले कामबाट निकालेको भन्दै उनीहरु पुर्नबहालीको माग गर्दै आन्दोलमा उत्रेका हुन् ।
नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्ने उनीहरुको दुई बुँदे माग रहेको छ ।
सडक संघर्षबाट पनि आफुहरुको मागप्रति सुनुवाई नभए आमरण अनशनसम्म बस्न बाध्य हुने कर्मचारी संघका अध्यक्ष शिवशंकर मेहताले चेतावनी दिएका छन । समाजिक परिचालकहरुले गत साउन १९ गते जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश २ सरकारलाई दुईबुँदे माग पुरा गर्न पाँचदिने अल्टिमेटम दिएका थिए । अल्टिमेटम अवधि भित्र समेत आफुहरुको मागप्रति कुनै सुनुवाई नभएकाले बाध्य भएर सडक संघर्षको कार्यक्रम घोषणा गरेको अध्यक्ष महेताको भनाई छ । आफुहरुलाई सरकारले कामबाट हटाउँदा उमेर हद लगायतका विभिन्न कारण रोजगारी पाउन समेत असम्भव भएकाले माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने समाजिक परिचालकहरुले चेतावनी दिएका छन्

No comments:

Post a Comment