Wednesday, August 1, 2018

२ सय ८ जनाद्वारा गुठीको जग्गामा घर निर्माण नक्कली कागजातहरु पेश गरी रजिष्ट्रेश पास गराउने खेल

जनकपुरधाम, १६ साउन । जनकपुर उपमहानगरपालिका वडा नं. २३ स्थित गुठी संस्थान अन्तरगत रहेको जग्गा गुठीकै हाकिमको मिलोमतोमा २ सय ८ जनाले कब्जा गरी घर निर्माण गरेको आरोप लगाइएको छ ।
जनकपुर उपमहानगरपालिका २३ का वडा अध्यक्ष शत्रुधन पाण्डेले बुधवार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन् । अध्यक्ष पाण्डेले यस वडामा गुठी संस्थान अन्तरगत २२ विघा जमिन रहेको भन्दै ती मध्ये अधिकांश जग्गा गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौं र जनकपुर शाखाकै मिलोमतोमा भूमाफियाहरु कब्जा गरि राखेको दावी गरेका छन् । उनले पत्रकारहरु समक्ष प्रमाण पेश गर्दै भने, ‘केही स्थानीयहरुले त्यस सम्बन्धमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतको निकायमा निवेदन पनि दिएको छ । तर कारवाही हुन सकेको छैन ।’

नक्कली कागजातहरु पेश गरी रजिष्ट्रेश पास गराउने खेल

जनकपुर उपमहानगरपालिका वडा नं. ७ बस्ने सीतादेवी ब्राह्मणीको नाउँमा वडा नं. २३ मा रहेको १८ कट्टा जग्गा भूमाफियाहरु रजिष्ट्रेशन गराउनका लागि नक्कली नागरिकता, महिला र नक्कली फोटो टाँस गरी मालपोत कार्यालयमा प्रस्तुत गरेको खुल्लास समेत भएको छ ।  सीता देवी ब्रह्मणीको मृत्यु २०५७ साल चैत्र २० गते नै मृत्यु भएको थियो । तर भूमाफियाहरुले २०६४ सालमा नक्कली नागरिकता र  महिलाको नक्कली फोटो टाँस गरी रकम लिनेदिने नाउँमा नामसारी गराउन खोजिएको थियो । तर केही स्थानीय पत्रिकाहरुमा सत्यतथ्य कुराहरु छापिएपछि रोक्का गरिएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. २३ स्थित गुठी संस्था अन्तरगत रहेको रामजानकी दुल्हा दुल्ही भगवान कुटीको पुजारीको रुपमा सीतादेवी ब्रह्मणीको छोरा धनेश्वर दास रहँदै आएको थियो । धनेश्वर दासको नाउँमा समेत ती जग्गा नभएको र उनको पनि २०६१ सालमा नै मृत्यु भएको छ । त्यसका वावजूद पनि केही भूमाफियाहरुले नक्कली नागरिकता, फोटो लगायतको प्रमाणपत्र पेश गरेको थियो । विभिन्न मिडियाहरुमा ती कुराहरु बाहिर आएपछि ती जग्गाहरु मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालयबाट रोक लगाइएको पत्रकार सम्मेलनमा वडा अध्यक्ष पाण्डेले दोहोर्याएका छन् ।
महोत्तरीको पिपरा बस्ने छठु महतो सुडीको बुहारी सत्यनारायण महतो सुडीको श्रीमती बेचनी देवी धनी भई सीता देवीलाई ऋणी देखाई २०५४ सालकै मिति हाली किर्ते कमाली तपसुसक तयार गरी सीता देवीको छोरामा धनेश्वर दास साक्षी उल्लेख गर्नुका साथै सीतादेवीको नाउँबाट नक्कली छाप लगाउनुका साथै लेखतमा मञ्जुरी जनाउन छोरा धनेश्वर दास पनि उल्लेख गरिएको ठाउँमा नक्कली दस्तखत गरी कागजातहरु पेश गरिएको जनाइएको छ ।

जग्गा कब्जा गर्नेमा ठूलठूला नेता, कार्यकर्ता एवं कर्मचारीहरु समेत रहेको उनले ठोकुवा गरेका छन् । ती जग्गामा धनुषा, महोत्तरी, सिरहा, वीरगञ्जवासीहरुले घर निर्माण गरी बसोबास गर्दै आएको पत्रकार सम्मेलनमा प्रस्तुत गरेको प्रमाणमा देखिएको छ । वि.सं. २०६३÷०६४मा सबभन्दा बढी व्यक्तिहरुले सो जग्गामा घर निर्माण गरेको प्रस्तुत तथ्यांकबाट बुझ्न आएको छ ।

महासेठको अनाहक अड्चन

गौ संरक्षण मञ्च नेपालका अध्यक्ष जगदीश महासेठ फोहरमैला  व्यवस्थापनका ठूलो अड्चन बनेको जनकपुर उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष शत्रुधन पाण्डेले आरोप लगाएका छन् ।
केही दिन अघि मञ्चका अध्यक्ष महासेठले जनकपुरका फोहरमैला दूधमती नदीमा फालेर साँस्कृतिकमाथि प्रहार गरिरहेको भन्दै पत्रकार सम्मेलन गरी आरोप लगाएका थिए । सोको प्रतिउत्तरमा वडा अध्यक्ष पाण्डेले नक्सा प्रस्तुत गर्दै भने, ‘फोहर नथुपारेको होइन, तर दूधमती नदीमा भनेको गलत आरोप हो । बाटो निर्माणका लागि जनकपुरभित्रमा तोडफोड गरिएको मललाई त्यहाँ राख्ने गरेको थियो ।’
वडा अध्यक्ष पाण्डेले सडक निर्माणका लागि तत्काल बजेट छैन, कम्तिमा आउनेजाने बाटो खुलोस् त्यस उद्देश्यका साथ तोडफोड गरिएको मल त्यहाँ रखाउने गरेको बताएका छन् । गाउँलेहरुको सहमति अनुसार नै ती मल त्यहाँ राख्ने गरेको उनले बताएका छन् ।
वडा अध्यक्ष पाण्डेले सोको विरोध केही व्यक्तिले गरेको छ । विरोध पश्चात् त्यहाँ मल राख्न छाड्ेका छौ । गौ संरक्षण मञ्चका अध्यक्ष महासेठले अनाहकमा कुरालाई बढाई रहेको छ । त्यो जग्गालाई व्यवस्थित गर्न खोज्दा त्यो नाउँमा भजाउन खोजेको आरोप समेत लगाएका छन् ।

No comments:

Post a Comment