Monday, August 6, 2018

जनकपुर उपमहानगरपालिकाको अभियान गीत सार्वजनिक


जनकपुरधाम, १९ साउन । जनकपुर उपमहानगरपालिकाले शनिवार जानकी मन्दिरको प्राङ्गणमा भव्य कार्यक्रमको आयोजना गरी शनिवार औपचारिक रुपमा जनकपुरलाई ‘धाम’ घोषणा गरेका छन् ।जनकपुरलाई ‘धाम’ घोषणा कार्यक्रममा जानकी मन्दिरका प्राङ्गणमा जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरु केशरिया रंगको पोशाक लगाएर पुगेका थिए । मेयर साहले शान्तिका दूत ‘परेवा’लाई उडाएर औपचारिक रुपमा जनकपुरलाई ‘धाम’को रुपमा घोषणा गरेका छन् ।
 त्यस्तै  उपमाहानगरपालिकाले आफनो नगर एन्थम अर्थात जनकपुरधाम अभियान गीत सार्वजनिक गरेको छ ।   गीत संगै नगरपालिकाले आफना कर्मचारीहरुका लागि केसरिया रंगको डूेस कोड र आजै देखि औपचारिक रुपमा लागु हुने गरी जनकपुरधाम शब्दलाई सुरुवात समेत गरेको छ । जनकपुरधाम नगरपालिकाका मेयर लालकिशोर साहले १ मिनेट ६ सेकेन्डको जय जय जनकपुरधाम नामको अभीयान गीत सार्वजनिक गर्दै यसलाई राष्टिूय गीत सरह नगर गीतको रुपमा सम्मान दिन आग्रह समेत गरेका छन ।
मेयर साहले नगर कार्यपािलकादेखि लिएर नगरको २५ वटै वार्डमा जनप्रतिनिधीले आ आफनो कुर्सीमा बस्नुभन्दा पहिला नेपालको राष्टू गीत र जनकपुरधामको अभियान गीतलाई सम्मान दिइ सकेपछि मात्र कार्यालय संचालन गर्न निर्देशन दिएका छन ।

उनले जनप्रतिनीधिहरुलाई दस बज्न पाँच मिनेट पहिलै कार्यालय पुग्नुपर्ने नियम समेत लगाएका छन । त्यसैगरि उनले नगर कार्यपालिका देखि लिएर सम्पुर्ण वार्डमा कर्मचारीहरुले केशरिया रंगको डूेस लगाएर आउन निर्देशन दिदै आजै देखि कागजी रुपमा जनकपुरधाम शव्द प्रयोग गर्न समेत सवैलाई आग्रह गरेका छन ।
मेयर लालकिशोर साहको अध्यक्षतामा भएको सुन्दर स्वच्छ,समृद्ध जनकपुरधाम संकल्प अभियान कार्यक्रममा मेयर साहले परेवा उडाउदै अभियानको सुरुवात गरेका थिए । कार्यक्रममा जनकपुरधामका विभिन्न संस्थाका प्रतिनिधी तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment