Saturday, August 11, 2018

आफन्त नेपालद्वारा २ वटा विद्यालयलाई ३० कम्प्युटर


जनकपुरधाम, २५ साउन । धनुषामा गैर सरकारी संस्था आफन्त नेपालले दुईवटा विद्यालयमा ३० वटा कम्प्यूटर प्रदान गरिएको छ ।
धनुषाको बटेश्वर गाउँपालिकाको वडा नं. २ भूचक्रपुर स्थित राष्टिूय आधारभूत विद्यालय र वडा नं. ३ स्थित देवकी नमुना प्राथमिक विद्यालयलाई १५÷१५ वटा कम्प्युटर उपलब्ध गराइएको हो । आफन्त नेपालका संयोजक जयप्रकाश मण्डल संयोजकत्वमा तथा प्रदेश साँसद शत्रुधन महतोको प्रमुख आतिथ्यमा सो कम्प्यूटर प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि साँसद महतोले अहिलेको विज्ञान प्रविधिको युगमा सबै विद्यालयमा तल्लै कक्षादेखि विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गर्नु अति आवश्यक रहेको बताएका छन् । उनले यो साँसदले गरेको कार्यको प्रशंसा गर्दै प्रदान गरिएको कम्प्युटरको सदुपयोग गरी विद्यार्थीलाई आधारभूति एवं गुणस्तरी शिक्षा प्रदान गर्न आग्रह गरेका छन् ।विगतमा पनि आफु संसदीय विकास कोषबाट केहि विद्यालयलाई कम्प्युटर उपलब्ध गराएको तर चोरी भएको कारण निगरानी गर्न समेत विद्यालयलाई उनले आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत वस्नेतले गाउँपालिका भित्र रहेको सबै विद्यालयमा कम्प्युटर उपलब्ध हुने गरी पहल गर्ने बताएका छन् । आफन्त नेपालले बालमैत्रि वातावरणमा पठन पाठनका लागि बटेश्वर गाउँपालिका वडा नं. १ जन्मुक्तिनगर स्थित रहेको मटुकमहतो रंकीदेवी प्राथमिक विद्यालय लगायत तीनवटै विद्यालयमा बालविकासमा अध्ययनरत्त बालबालिकाको लागि कक्षा डेकोरेशन समेत शुरु गरेको छ ।
कक्षाकोठामा बालबालिकालाई बसेर पढ्न खेल्न सहज हुने गरी कार्पेट र अक्षर सिक्न कक्षाकोठाको भित्तामा चित्रसहितको अक्षर उल्लेख गर्ने कार्य भइरहेको आफन्त नेपालका शिक्षा अधिकृत विष्णुदेव यादवले बताएका छन् ।

No comments:

Post a Comment