Tuesday, August 14, 2018

वाणिज्य संघद्वारा उपमहानगरपालिकामा ज्ञापनपत्र


जनकपुरधाम, २९ साउन । जनकपुर उद्योग वाणिज्य संघले चारबुँदे माँग राखी जनकपुरधाम उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष ललित साहको नेतृत्वमा गएका टोलीले उपमहानगरपालिका प्रमुख लालकिशोर साहलाई सो ज्ञापनपत्र बुझाएका हन् ।
उपमहानगरपालिकालाई मंगलबार ज्ञापनपत्र बुझाउँदै वाणिज्य संघका पदाधिकारीहरुले  घरजग्गा कर, व्यवसाय करलगायतका शीर्षकमा अतुलनीय रुपमा करवृद्धि गरेको भन्दै सुधार गर्न ध्यानाकर्षण गराएको छ ।
‘महँगो व्यापारिक लागत, कच्चा पदार्थको अभाव, मजदुरको अभाव तथा बढी ज्याला तिर्नुपर्ने कारण व्यापारीहरु पलायन हुने अवस्थामा पुगेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘व्यापारीहरुका लागि लगानीको वातावरण बनाउन कर छुट हुनुपर्दछ।’
घरजग्गा, सम्पत्ति, व्यवसायलगायतमा सयदेखि एकजार प्रतिशतसम्म करवृद्धि गरिएको भन्दै वैज्ञानिक तवरबाट कर निर्धारणको व्यवस्था मिलाउन वाणिज्य संघले माग गरेको छ ।
नगर क्षेत्रमा घर बहालमा लिई व्यापारगर्ने व्यवसायीहरुसँग घर धनीहरुले मनपरी घर भाडा लिने गरेको भन्दै बजार क्षेत्र निर्धारण गरी वर्गफिटको आधारमा भाडा निर्धारणको व्यवस्था मिलाउन उसले भनेको छ।
यसैगरी सडक निर्माणका कारण घर भत्किएको अवस्थामा पसल व्यापार व्यवसाय ठप्प रहेपनि बहाल तिर्नुपर्ने बाध्यता रहेकोले आवश्यक व्यवस्था मिलाउन वाणिज्य संघले उपमहा नगरपालिकाको ध्यानाकर्षण गराएको छ।सडक निर्माणमा भइरहेको ढिलाइबाट आजित भएका जनकपुरका व्यापारीहरुले तीब्रतादिई यथाशीघ्र निर्माण कार्य पुरागर्न उपमहा नगरपालिकालाई भनेको छ। साथै सडक निर्माणको क्रममा जग्गा अधिग्रहण गरिएका जग्गाको मुआब्जा नपाइएपनि आधिकारिक तथ्यांक राखिनुपर्ने वाणिज्य संघको भनाइ छ। जनकपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जनकपुरधाम उपमहा नगरपालिका कार्यालयलाई ज्ञापनपत्र बुझाउन गएका व्यापारीहरुले दुई वर्षको घर धनीलाई न्यूनतम २ वर्ष घर जग्गा कर र बहाल कर मिन्हा गर्न माग गरेका हुन्।

No comments:

Post a Comment