Tuesday, August 14, 2018

गंगा सागर वृत्तचित्र प्रदर्शन

जनकपुरधाम, २९ साउन । धार्मिक एवं ऐतिहासिक सरोवर गंगासागर र धनुष सागरमा आधारित ‘गंगा सागर’ वृत्तचित्र प्रदर्शन भएको छ ।
जनकपुरधामको रामजानकी सिनेमा हालमा सो वृत्तचित्रको प्रदर्शन गरिएको हो । पत्रकार कैलास दासद्वारा लेखन तथा निर्देशन भएको सो वृत्तचित्रमा साउण्ड पत्रकार दीपक कर्णले दिएका छन् । त्यस्तै छायांकन र सम्पादन संजय यादवले गरेका छन् ।
गंगासागर तथा धनुषसागरको महत्व तथा त्यसमा स्नान गरेपश्चात् हुने पुण्य लगायतमाथि वृतचित्तमा जोड दिएका छन् । ३० मिनटभन्दा बढीको रहेको सो वृत्तचित्रमा गंगासागर तथा धनुषसागरको आलवा स्वर्गद्वार, कालीमन्दिर, पगलाबाबा समाधीस्थल, परिक्रममा विश्राम स्थल, गगा आरती, शिवमन्दिर रामायाण भवन सहितको धार्मिक एवं ऐतिहासिक किसिमले ब्यख्या गरेका छन् ।
गंगा सागर वृत्तचित्र प्रदर्शन पश्चात् समिक्षा बैठकमा प्रदेश २ का राज्यमन्त्री सरोज सिंह कुशवाहाले वृत्तचित्रलाई प्रशंसा गर्दै भने, ‘यो वृत्तचित्रले धार्मिक तथा ऐतिहासिक महत्वलाई स्थान मात्र दिएको छैन, जनकपुरधाममा पर्यटक तान्नमा समेत सहयोग गरेको छ ।’ उनले प्रदेश सरकारले जनकपुरधाममालाई पर्यटकीय धामको रुपमा विकास गर्ने प्रतिद्धता जनाउँदै आउने दिनमा यो भन्दा पनि राम्रो र स्तरीय वृत्तचित्र बनोस् शुभकामना दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको समिक्षा बैठकमा राज्यमन्त्री कुशावाहाले जनकपुरधामको पर्यटकीय नगरीको रुपमा विकास गर्नका लागि वृतचित्रका साथै पर्यटक तान्नेलाई विशेष गुरुयोजना बनाउनुपर्नेमा जोड दिएका छन् ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले गंगासागर वृत्तचित्रले जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य दर्शाएको बताएका छन् । उनले यो वृत्तचित्र एउटा पार्टको रुपमा मात्र रहेको भन्दै जानकी मन्दिर लगायतको धार्मिक स्थलको रुपमा बनाउनुपर्ने बताएका छन् । उनले राज्यद्वारा मिथिला कोषको निर्माण होस् प्रदेश सरकारसँग आग्रह समेत गरेका छन् ।समिक्षा कार्यक्रममा नेपाली काँग्रेसका नगरसभापति मनोज साह, पत्रकार, साहित्यकार एवं संगीतकार अशोक, दत्त, सुनिल मल्लिक, नित्यानन्द मण्डल, विश्वालाल सिंह, सरोज राय, सुनिता यादव, सुरेश शर्मा लगायतले विचार राखेका छन् ।

No comments:

Post a Comment