Monday, August 6, 2018

रामजानकी दुल्हादुल्ही मन्दिरमा गजेरीको अखाडा


जनकपुरधाम, १९ साउन । जनकपुर उपमहानगरपालिका वडा नं. २३ स्थित रामजानकी दुल्हादुल्ही भगवान बेलाकुटीमा श्रद्धालु होइन, गजेरीहरुको अखाडा बस्दै आएको स्थानीयहरुले आरोप लगाएका छन् ।
नगरकै सबैभन्दा पुरानो र धनी मन्दिरको रुपमा परिचित भएपनि त्यहाँ कोही पनि श्रद्धालुहरु जाँदैन, गजेरीहरु मात्र बस्ने गरेको महिला श्रद्धालुहरुले ठोकुवा गरेका छन् । मन्दिरको अधिकांश जग्गा अतिक्रमण परेको छ । अहिलेपनि पाँच विघाभन्दा बढी जग्गा हुँदाहुँदैपनि भगवानलाई भोग लगाउनका लागि पैसा नरहेको स्थानीयहरु बताएका छन् ।
स्थानीयहरुले मन्दिरका पुजारी रामएकवाल दास छन् । पुजारी दास आफै गजा र भागमा मस्त हुनुहुन्छ, उनीसँगै दर्जनौंको संख्यामा गजेरीहरु ती मन्दिरमा बसोबास गर्ने गरेको बताएका छन् ।
स्थानीय महिलाहरुले रामजानकी दुल्हादुल्ही मन्दिर गजेरीहरु देखेर बाहिरबाट नै दर्शन गरेर फर्किने गरेका छौं । मन्दिर भित्र पस्न हिम्मतै हुँदैन । भगवानको आरती हुनेबेलामा गजेरीहरु गजा खाएर मस्त रहन्छ । बाहिरबाट पनि गजा खान यहाँ आउने गरेको उनीहरु बताउँछन ।
मन्दिरको आम्दानी लाखौ भएपनि ती मन्दिरको अवस्था निक्कै कमजोर र जीर्ण रहेको देखिएको छ ।


No comments:

Post a Comment