Saturday, August 11, 2018

सूचनाको र पत्रकारिता सम्बन्धी विचार विमर्श


जनकपुरधाम, २५ साउन । नेपाल पत्रकार महासंघ धनुषा शाखाले शुक्रवार ‘सूचनाको हक र पत्रकारिता’ विषयक सरोकारवालाहरुबीच कार्यक्रम गरिएको छ ।
शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागी पत्रकारहरुले स्थानीय तथा प्रादेशिक कार्यालयहरुमा कसरी सूचनाको हकलाई माँग गर्ने, त्यसलाई प्रयोगमा ल्याउन लगायतका विचारहरु राखेका छन् ।
सहभागीहरुले पत्रकारितालाई अझै सशक्त बनाउनका लागि जनता सामु सूचनाको हक प्रयोग गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् । पत्रकारिताकै माझामा केही व्यक्तिहरुले त्यसलाई दुरुपयोग गरिरहेकोले त्यसमाथि कडा कदम चल्नका लागि सबैमा आग्रह समेत गरेका छन् ।
कार्यक्रमा सहभागीहरुले सवारी साधनमा हुने प्रेसको दुरुपयोग रोकथामका लागि सम्बन्धीत निकायसंग समन्वय गरी कारवाहीका लागि सक्रियता बढाउने, पत्र पत्रिकाको भर्खरै सार्वजानिक गरिएको वर्गीकरण नतिजामा जनकपुरका केहि पत्रिकाहरुको अवमुल्यन भएको गुनासो आएकाले नतिजा पुनरावलोकनका लागि प्रेस काउन्सिललाई पत्राचार गर्ने । धनुषाका स्थानिय तहहरु र प्रदेश सरकारले कुन कुन पत्रिकालाई कति विज्ञापन दिएको सम्बन्धमा अधावधी गर्न सवै तहमा पत्राचार गर्ने, अरुकुनै वर्गमा रहेपनि अन्यथा वर्गको भन्दै पाठक र विज्ञापनदातालाई भ्रममा पार्ने काम गरिरहेको पत्रिकालाई कारवाही गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने लगायतका निर्णयहरु समेत गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, राससका हिमांशु चौधरी, रेडियो नेपालका अजय झा, कान्तिपुर दैनिकका श्यामसुन्दर शशि, लोकान्तरका अजय अनुरागी, तराई टाईम्सका विरेन्द्र रमण र नेपाल टेलिभिजनका श्रीनारायण साहको उपस्थिति रहेको थिाये ।

No comments:

Post a Comment