Monday, August 6, 2018

कर्मचारी संघद्वारा सरकारलाई पा“च दिने अल्टिमेटम


जनकपुरधाम, १९ साउन । नेपाल सामाजिक परिचालक कर्मचारी संघले प्रदेश नं. २ को सरकारलाई पाँच दिने अल्टिमेटम दिएको छ ।
संघले जनकपुरधाममा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी दुई बुँदे माँग प्रस्तुत गर्दै भने, ‘प्रदेश सरकारले आजदेखि पाँचदिनभित्रमा माँग सम्बोधन नगरेमा चरणबद्ध आन्दोलनमा उत्रिने छौं ।’
संघका प्रदेश नं. २ का अध्यक्ष शिवशंकर मेहताले प्रदेश सरकारले नेपाल सरकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थपि गरी निरन्तरता दिनुपर्ने, योग्यताको आधारमा एकपटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा सामायोजन गर्नुपर्ने माँग प्रस्तुत गरेका छन् ।
अध्यक्ष मेहताले नेपाल अधिराज्यभरिमा ४ हजार ६ सय ६४ जना सामाजिक परिचालक रहेको दावी गर्दै उनीहरुलाई २०७५ अषाढ मसान्तमा हटाईएको छ । उमेरको हदबन्दी समेत पार भई सकेको अवस्थामा परिचालकहरु कहाँ जाने भन्दै राज्यले हाम्रो माँगलाई गम्भीरता पूर्वक नलिएमा बाध्यतावस आन्दोलनमा उत्रिने बताएका छन् । उनले आन्दोलनको कार्यक्रम पाँच बनाउने छौ । प्रदेश सरकारले माँग सम्बोधनमा आनाकानी गरेमा शान्तिपूर्ण तरिकाले र्याली निकालिने, धर्नामा बस्ने, अनसन गर्ने र त्यसका वावजूद पनि नमानेमा आमरण अनसन समेत गर्ने खुल्लासा गरेका छन् । उनले ९वर्षबढीदेखि देशको विभिन्न ठाउँमा परिचालकको कार्य गर्दै आएको र मुलुक संघीयतामा गएपछि रोजगारीबाट आएकोलेप्रति आपति समेत जनाएका छन् ।
अध्यक्ष मेहताले नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय स्वायत शासन ऐन २०५५ को दफा २३६ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको लगानीमा २०६६।०६७ सालदेखि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम मार्फत भर्ना गरिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष रामसुबोध यादव, सचिव मुकेश कुमार महतो, महिला सदस्य रागिनी मिश्र लगायतका व्यक्तिहरुले आ आफ्ना विचार राखेका थिए । पत्रकार सम्मेलनमा प्रदेश भरिका सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment