Thursday, September 19, 2019

नेपालको संविधानमाथि बहसका लागि महन्थ ठाकुरदेखि ठुलठुल्ला नेताहरु जनकपुरधाममा

जनकपुरधाम, २ असोज । असोज ३ र ४ गते नेपालको संविधान २०७२ मा जनताको अवधारणा ः राष्टिूय बहस र मन्थन कार्यक्रममा सहभागीका लागि ठुलठूल्ला नेताहरु जनकपुरधाम आई पुगेका छन् ।
संविधान निर्माण पश्चात् देशको, सामाजिक र राजनीतिक अवस्था, संविधान संशोधनसँगै मधेशका माँग लगायतको विषय वस्तुमा बहस हुनेछ ।
सानो पाइलाद्वारा दुई दिने आयोजित कार्यक्रममा पहिलो दिन मधेश आन्दोलनको फोटो, विडियो प्रदर्शनी, शहीद परिवारजन र घाइतेहरुको सम्मान कार्यक्रम राखिएको छ । त्यसपछि सर्वस्वीकृत संविधानको लागि केके संशोधन गर्नुपर्ने, संविधानमा थारु, मुस्लिम र जनजाति समुदायको वर्तमान अवस्था, मधेश आन्दोलनः सम्भावना, सिकेका पाठ र पहिल्याइएका नयाँ माँगहरु, राजनीतिक संस्कार र वित्तिय जवाफदेहितामाथि छलफल र बहस हुने बताइएको छ ।
त्यस्तै जनआन्दोलन, गणतान्त्रिक आन्दोलन र मधेश आन्दोलनका शहीदहरुको शहादतको सम्झनामा साँझ दीपप्रज्वलन गर्नेकार्यक्रम रहेको आयोजक पक्षले जनाइएको छ ।
त्यसैगरी दोस्रो दिन संविधानमा दलित समुदाय र वर्तमान अवस्था, समाज, संविधान र स्वतन्त्रता, नेपाली मिडियामा मधेश र सीमान्तकृत समुदायको चित्रण, मधेशमा संविधान दिवसको अर्थ र राज्यको अंगहरुको व्यहारमाथि नागरिक समाज, बुद्धिजीवि पत्रकार र राजनीतिक दलका विज्ञहरुले बहस गर्नु हुनेछ । दुई दिवसीय कार्यक्रममा प्रभु साह, महन्थ ठाकुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राजनीतिक विशलेषक सिके लाल, किशोर नेपाल, चन्द्र किशोर, दीपेन्द्र झा, सुबिना श्रेष्ठ, डम्बर चेम्जोङ्ग, राजकुमार लेखी, लक्ष्मण थारु, सबनम खातुन, कृष्ण हाछेथु, प्रदीप गिरी, भाष्कर गौतम लगायतका व्यक्तिहरु वक्ताको रुपमा रहेको जनाइएको छ ।

No comments:

Post a Comment