Wednesday, September 11, 2019

नेपालका विद्यार्थीलाई अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्छ ः राज्यमन्त्री कुशवाहा


जनकपुरधाम, २५ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले जबसम्म शिक्षामा समान्ता हुँदैन तबसम्म देश र प्रदेशको समृद्धिको सम्भावना नरहेको बताएका छन् ।
धनुषाको शिरेश्वर नगरपालिका वडा नं. ८ दिगम्वरपुरमा ‘बेटी पढाउ, बेटी बचाउन’ अभियान अन्तरगत साइकल वितरण कार्यक्रममा उहाँले सो कुरा बताएका हुन ।
राज्यमन्त्री कुशवाहाले शिक्षाको मामिलामा छोरा र छोरीमा विभेद नगर्न अभिभावकहरुसँग आग्रह गर्दैै भने, ‘ २१ औं शताब्दीमा नेपालमै शिक्षामा प्रतिस्पर्धा गरेर हुँदैन, अमेरिका र रुससँग पनि यहाँका विद्यार्थीहरुलाई प्रतिस्पर्धा गर्नुपर्छ ।’

उहाँले नेपालमा सबभन्दा ठूलो समस्या र चुनौती युवाहरुको बेरोजगारी रहेको भन्दै आफ्नै देशमा रोजगारीको वातावरण सृजना गर्नका लागि पनि शिक्षा आवश्यक रहेको बताएका छन् । उनले जबसम्म यहाँका युवाहरु वैदेशिक रोजगारी जान्छ, कहिलेपनि युवाहरुको सपना पुरा नहुने जिकिर समेत गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार महतोको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेको राज्यमन्त्री कुशावाहाले नेपाल सरकारको शिक्षा कमजोर रहेकोले  शिक्षा क्षेत्रमा आराजकता बढ्दै गएको बताएका छन् । उनले भने ‘प्रदेश सरकार प्रादेशिक शिक्षा नीति छिट्टै ल्याउने छ । प्रादेशिक शिक्षा नीति आएमा यहाँको युवाहरुको आफ्नै प्रदेशका रोजगारी पाउने छ ।’
राज्यमन्त्री कुशवाहाले २२ वटा छात्राहरुलाई साइकल वितरण गर्दै भने ‘छात्राहरु देशकी भविष्य छिन् । छात्राहरु शिक्षित भएमा देश र प्रदेश नै शिक्षित हुने छन् । बालिका शिक्षाप्रति प्रदेश सरकार समेत प्रतिबद्ध रहेको छ ।’ उहाँ शिक्षा र स्वास्थ्यलाई राम्रो बनाउनमा प्रदेश सरकारले कसैसँग सम्झौना गर्ने बताएका छन् ।


No comments:

Post a Comment