Friday, September 6, 2019

संविधान दिवस ः जति उपलब्धी त्यति खुशीः मन्त्री यादव


प्रदेश सरकारले असोज ३ गते संविधान दिवस हर्षोल्लास पूर्वक मनाउने निर्णय गरेको छ । मधेश आन्दोलनबाट जति उपलब्धी संविधानले सुनिश्चित गरेको छ, त्यति नै खुशी मनाउने आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको भनाई छ । उनी भन्छन् —आलोचनात्मक किमिसले मात्र संविधानलाई स्वीकार गरेका छौं । जुन दिन सर्वमान्य संविधान हुन्छ, हर्षोल्लास पूर्वक मनाउने छौं । यसै सन्दर्भमा उहाँसँग गरेको कुराकानीको यो अंश
संविधान दिवस मनाउने कस्तो तयारी छ ?
मन्त्रीपरिषदले तीन दिवसीय संविधान दिवस मनाउने निर्णय गरेको छ । योे हर्षको कुरा त होइन, तर उपलब्धीको रुपमा मानेर यस्तो निर्णइ गरेको हो ।
संविधानले सबै अधिकार सुनिश्चत गरेको छ त ?
कदापि होइन ? यो संविधान आलोचनात्क हिसाबले स्वीकार गरेका छौं । संविधानमा केही पोजेटिभ कुरापनि छन । मधेश आन्दोलनबाट जति उपलब्धी पाएका छौं । यसलाई संस्थागत गर्नका लागि चुनाव पनि लड्यो र यहाँसम्म आयो । त्यसलाई आत्मसाथ गरी त्यति मात्र खुशी भएर संविधान दिवस मनाउन प्रदेश सरकारले निर्णय गरेको छ । संविधान तहत नै हामी सरकारमा छौं, यो पनि एउटा उपलब्धी नै हो । तर मधेशी जनताको अधिकार सुनिश्चित भएको छैन । जुन दिन सर्वमान्य संविधान हुन्छ, त्यो दिन हर्षोल्लास पूर्वक संविधान दिवस मनाउने छौं ।
उत्साह पूर्वक कहिले मनाउनु हुन्छ ?
हेर्नुस ! संविधानलाई स्वीकार नगरेको होइन । संविधानलाई स्वीकार गरेर यहाँ आएका छौं । तर अब संशोधनको कुरा रह्यो । जुन दिन मधेशी जनताको भावना अनुसार संविधान संशोधन हुन्छ, त्यो दिन हर्षोल्लास पूर्वक संविधान दिवस मनाउने छौं ।
मन्त्रीपरिषदले संविधान दिवस मनाउने निर्णय गरेको छ। तर राजपा मन्त्रीले त्यसको विरोध गरेको छ के भन्नु हुन्छ ?
मन्त्रीपरिषदले असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको छ, मनाउने वा विरोध गर्ने उनीहरुमाथि निर्भर गर्छन । सरकारमा हामी छौं भन्ने संविधानलाई आलोचनात्मक रुपमा भनौं वा जुनसुकै रुपमा स्वीकार गरेका नैं हो । संविधान दिवस मनाउने वा नमनाउने उनीहरुमाथि निर्भर गर्छन ।
मन्त्रीपरिषदको निर्णय राजपा मन्त्रीलाई थाहा नभएको भन्दै आएको छ ?
त्यसो छैन । मन्त्रीपरिषदका बैठक भएको बेला उनीहरु बाहिर थियो । जहाँसम्म थाहा नभएको कुरा हो त्यो प्रक्रिया अनुसार सबैलाई जानकारी गराइन्छ ।

No comments:

Post a Comment