Sunday, September 8, 2019

हँसपुरका मेयरपक्षधरद्वारा जनकपुरधाममा शक्ति प्रदर्शन, तीनजनामाथि जाहेरी दर्ता



जनकपुरधाम, २२ भदौ । धनुषाको हँसपुर नगरपालिकाका मेयर पक्षधरहरुद्वारा प्रदेश नं. २ को राजधानी जनकपुरधाममा शक्ति प्रर्दशन गरेको छ ।

हँसपुर चौकबाट नै ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधनमा आएका प्रदर्शनकारीहरुले उपमेयर रेणु झा विरुद्ध नारा जुलुस समेत लगाएका थिए । उनीहरुले रेल्वे स्टेशनमा जम्मा भई भानुचौक, शिवचौक, रामचौक, मुरली चौक, कदम चौक हुँदैन जिल्ला प्रशासन अगाडि समेत नारा जुलुस पदर्शन गरेका छन् ।
तीन हजारबढीको संंख्यामा आएका मेयर पक्षधरहरुले उपमेयर रेणु झा मुर्दावाद, झुठामुद्दा खारेज गर लगायतका नारा लगाएका थिए ।
त्यस्तै उपमेयर रेणु कुमारी झा, वडा नं. २ का वडा अध्यक्ष उदय साह र वडा नं. २ बस्ने किशोरी यादवमाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दर्ता गराएका छन् । जाहेरीकर्तामा मनोज कुमार सिंह, शशि कापड र सदैय यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएका छन् ।

स्मरणीय रहोस् साउन २१ गते हंसपुर नगरपालिकाको कार्यालय सार्नेलाई भएको विवादमा प्रहरी र स्थानीयबीच झड्प हुँदा वडा नंं. २ बस्ने  तपेश्वर मण्डल घाइते भएका थिए । उहाँका उपचारको क्रममा जनकपुुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।
मृत्यु पश्चात् उपमेयर पक्षधरले मेयर रामज्ञान मण्डल, वडा नं. ३ का वडा अध्यक्ष उदय सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नं. ४का स्थानीय लालबाबु यादवमाथि मृतक छोरा राजकुमार मण्डलले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने मुद्दा दर्ता गराई सकेका छन् ।




1 comment: