Wednesday, September 11, 2019

अपराध नियन्त्रण नाट्यशैली प्रस्तुत

जनकपुरधाम, २५ भदौ । जनकपुरधाममा बुधवार अपराध नियन्त्रण लगायतको गतिविधिलाई रोक्नका लागि नाट्यशैलीमा प्रस्तुत गरेको छ ।
समग्र जनउत्थान केन्द्र लाहनद्वारा आयोजित ‘सिफारिस संयन्त्र निर्माण’ विषयक कार्यशाला गोष्ठीमा प्रहरी, आमा, छोरी, सामाजिक अगुवा, अस्पताल, चिकित्सक, अधिवक्ता, सुरक्षा आवास, न्यायिक क्षेत्र लगायतको पात्र चयन गरी नाट्यशैलीमा प्रस्तुत हुँदै कसरी न्यायसम्म पहुँच बनाउन सकिन्छ जनचेतना दिएका छन् ।
जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाको अध्यक्षतामा भएको सो कार्यक्रममा एउटा छोरीलाई करणीयको प्रयास भएमा उनी सर्वप्रथम कसलाई भन्ने, न्यायिक क्षेत्रमा कसरी पुग्ने, समाजिक अगुवाको भूमिका के हुनुपर्छ, चिकित्सकले कति छिट्टो रिपोर्ट तयार गर्न सकिन्छ, मुद्दा अदालतमा गएपछि अधिवक्ताको कस्तो भूमिका हुनुपर्छ लगायतले दर्शाएका थिए ।
कार्यक्रममा सहभागी महिला तथा युवाहरुले नाटकमा देखाएको कुरा व्यवहारमा लागू भएमा अपराधीले स्वतः अपराध गर्नबाट टाढा हुने जिकिर गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमहरु गर्नुभन्दा कार्यान्वयनमा ल्याउनु दायित्व बुझ्नुपर्ने जिकिर गरेका छन् ।
शहीद नगरपालिकाकी उपमेयर शिलादेवी कापडको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा धनुषाका डिएसपी रामेश्वर कार्कीले नाटकमा दर्शाएको कुरालाई सबै क्षेत्रले प्रहरीलाई सहयोग गरेमा अपराध नै हुन दिने वातावरणको सृजना हुने बताएका छन् । उनले एउटा घटनामा यसरी सबै क्षेत्रले समयमै सहयोग गरिदिएमा दोषीले समयमै सजाय र निर्दोषले न्याय पाउने बताएका छन् ।
प्रहरी नायब उपरीक्षक कार्कीले बाल विवाह, महिला हिंसा, बलात्कार समाजका एउटा रोग हो । यस्ता रोगलाई हटाउनका लागि समाजकै व्यक्तिहरुलाई अगाडि आउनु पर्ने बताएका छन् ।
कार्यक्रम संयोजक रामबाबु साह र पूजा शर्माले सहभागीहरुलाई पात्र बनाएर नाट्यशैली प्रस्तुत गरेका थिए ।


No comments:

Post a Comment