Thursday, September 5, 2019

यातायात विभागको उपप्रमुखमा साह

जनकपुरधाम, १९ भदौ । समाजवादी पार्टीका केन्द्रिय सदस्य उमेश साहलाई पार्टीले भौतिक पूर्वाधार तथा यातायात विभागका उपप्रमुखको जिम्मेवारी दिएका छन् ।
साह एक दशक बढीसम्म पत्रकारिता क्षेत्रमा कार्य गरी नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष समेत रहि सक्नु भएको छ ।
लामो समयसम्म पत्रकारिता पश्चात् उहाँ तत्कालिन नेकपा एमाले पार्टीबाट राजनीतिक शुरुवात गरेका हुन । उहाँ पत्रकारितासंगै एमालेको राजनीतिमा सकृय रहेका थिए ।
बदनियती र एउटा उर्जावान तथा संघर्षशील युवालाई निषेध गर्ने क्रियाकलाप भएको कारण  दुई दशकको आफ्नो पार्टी संलग्नता परित्याग गरी करिब एक दशकदेखि स्वतन्त्र पत्रकारको रुपमा गणतन्त्र स्थापनापछि संक्रमणकालको चुनौतीपूर्ण अवस्थामा मिडियाको सफल नेतृत्व गर्यो ।
पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन नेकपा माओवादी पार्टी परित्याग गरी वैकल्पिक राजनीति पार्टी निर्माण गर्न नयाँ शक्ति पार्टी गठन गर्दा साह सो पार्टीको निर्माण अभियानमा संस्थापक नेताको रुपमा सक्रिय रहदै आएका थिए । नयाँ शक्ति र संघीय समाजवादी फोरम बीच एकीकरण भएपछि निर्वाचन आयोगमा दर्ता भएको समाजवादी पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारीमा रहदै समायोजन गर्दा साहलाई केन्द्रिय विभाग अन्तरगतको भौतिक पुर्वाधार तथा यातायात विभागको उप(प्रमुखको जिम्मेवारी दिएको हो । सो विभागको प्रमुखमा पुराना एवं अनुभवी नेता महाजन यादव रहेका छ्न ।

No comments:

Post a Comment