Wednesday, September 11, 2019

नेताहरु विर्सिदै शहीद युवाहरुलाई


जनकपुरधाम, २५ भदौ । संविधानको मस्यौदा आए पश्चात् जनकपुरधाम लगायत मधेशका जिल्लाहरुमा आन्दोलनको शुरुवात भई सकेको थियो । विभेदकारी संविधान रहेको भन्दै मधेशवादी दलले ‘चलु जनकपुर, भरु जनकपुर’ नाराका साथ आन्दोलनको तयारी गरेका थिए । त्यो दिन थियो २०७२ भदौ २५ गते । आजकै दिन जनकपुरधममा ३ जना युवाले मधेशी जनताको अधिकारका लागि शहादत दिएका थिए ।
राष्टिूय जनता पार्टी नेपाल (राजपा) त्यतिबेला विभिन्न पार्टीमा विभाजित रहेको थियो । तर मधेश आन्दोलनको लक्ष्य नै थियो (संविधान संशोधन वा पुर्नरलेखन’ । मधेश तेस्रो आन्दोलनमा जनकपुरधामकै तीन जना युवाले शहादत दिएका थिए ।

जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट लक्ष्मीनिया गाउँपालिका(१ अरेरवाका दिलिप यादव, जनकपुरधाम उपमहानगर पालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय चौधरीलाई शसस्त्र प्रहरीले टाउकोमा गोली हानी हत्या गरेको थियो ।
स्थानीय प्रशासनले लगाएको कर्फयू आदेशलाई पनि अवज्ञा गर्दै ‘चलु जनकपुर भरु जनकपुर’ कार्यक्रमको दौरान आजकै दिन गाउँ(गाउँबाट आएका हजारौंको व्यक्तिले सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका थिए । आन्दोलन र प्रदर्शनको क्रममा निकु यादव, दिलीप यादव र संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर टाउकोमा गोली हानेको थियो । तेस्रो मधेश आन्दोलनको आज चार वर्ष पुरा भयो । तर संविधान संशोधन हुन सकेन ।
मधेशवादी दल लगायतले त्यही संविधानलाई स्वीकार गरेर तीन तहको सरकारमा छन । सरकारको कुर्सी सम्भाले असाजे ३ काला दिनको रुपमा मनाउने तयारी समेत गरेको छ । मधेशवादी दल मध्ये राजपा आबद्ध नेताहरुले असोज ३ गते संविधानलाई काला दिनको रुपमा मनाउने छ । जसरी वर्षमा एक पटक संविधान निर्माणका दिन संविधान संशोधन नभएसम्म काला दिनको रुपमा मनाउने देखिन्छ त्यसरी नै तेस्रो मधेश आन्दोलनको क्रममा जनकपुरधाममा शहाद दिएका युवालाई वर्षमा एक पटक मात्र सम्झिन्छ ।
भदौ २५ गते प्रत्येक वर्ष संजय चौधरीको सम्झनामा श्रद्धाञ्जली सभा गरिन्छ । त्यो दिन मात्र मधेशको मुद्दालाई उजगार गर्ने उद्देश्यले केन्द्रिय नेताहरु उनीहरुलाई सम्झिन्छन । यस पटक राजपाका अध्यक्ष मण्डलीय सदस्य राजकिशोर यादव संजय चौधरीको शहादत दिवसमा सहभागी भएका छन् । महन्थ ठाकुर र अनिल झा समेत तराई मधेशकै जिल्लामा रहेपनि त्यहाँ पुग्न सकेको छैन ।
संविधानलाई संशोधन नभएसम्म संविधान स्वीकार नगर्ने झुठो भ्रम राजपाका नेताहरु अहिले पनि फैलाउँदै छन् । कम्तिमा भदौ २५ गते शहादत दिवसलाई तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाएमा शहीदलाई सम्मान हुने राजपाकै नेताहरुको भनाई छ । जबसम्म संविधान संशोधन हुँदैन तब शहीदलाई वर्षमा एक पटक सम्भनु उहाँको सम्मान भएन । मधेशी जनताको चाहना अनुसार संविधान संशोधन भएमा मात्र शहीदको सम्मान हुने नेतृ विभा ठाकुरको कथन छ ।

 मधेश आन्दोलनको क्रममा ५२ भन्दा बढी मधेशी युवाले शहाद दिएका छन् । त्यसका वावजुद पनि संविधान संशोधन त हुन सकेन । तर मधेशवादी दलले केन्द्रदेखि राज्यसम्म सरकार बनाउन सफल भएको छ ।
आन्दोलनको सेन्टिमेन्टमा अहिले उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्य मन्त्री बनेका छन् भने बाँकी राजपाका नेताहरु समेत संघीय साँसद छन् । त्यसअघि २०६३ माघ १ गते संघीयता र समावेशीताविनाको नेपालको अन्तरिम संविधान जारी भयो । त्यसको विरोधमा मधेशीहरुले माइतिघर मण्डलामा २ गते संविधान जलाए । संविधान जलाउने मधेशीहरु पक्राउ परे । त्यसैको निहुँमा माघ ३ गतेबाट मधेश बन्द भयो । ५ गते प्रदर्शनका क्रममा सिरहाको लहानमा विद्यार्थी रमेश महतोको प्रहरीको गोलीले मृत्यु भयो । त्यसपछि मधेशका सबै जिल्ला आन्दोलित भयो । २१ दिनसम्म चलेको मधेश विद्रोहमा ३४ जना शहीद भए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुई पटक जनताको नाममा सम्बोधन गरेपछि विद्रोह रोकियो । प्रदर्शन रोकिएको महिनौंपछि सरकारले उपेन्द्र यादव नेतृत्वको फोरमसँग २२ बुँदे सम्झौता गर्यो ।
नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम र तत्कालै गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीको नेतृत्वमा दोस्रो मधेश आन्दोलन पनि सुरु भयो । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न लाग्दा तेस्रो मधेश आन्दोलन भयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा तयारीका साथ तेस्रो मधेश आन्दोलन भएको थियो ।

No comments:

Post a Comment