Friday, September 13, 2019

चिटिक्क जनकपुरधाम र विकास विरोधी तत्व


धीरेन्द्र झा
वर्षौदेखि उपेक्षित जनकपुरधाम आज चिट्क्क देखिन्छ । स्थानीय सरकारको गठन भएको दुई वर्ष नवित्दै जनकपुरधामको कायापलट भएको हो । मच्छरको राजधानी, फोहरमैलाको राजधानी, बिना सडक बाटोको राजधानी लगायतका नामले चिनिन्थ्यो जनकपुरधामलाई । तर दुईवर्ष नवित्दै जनकपुरधाम आएका आगन्तुकहरु चिटिक्क जनकपुरधाम हेरेर अचम्भित हुन थालेको छ ।
सँगालो बाटो, बाटोमै फोहर, धुलै धुलले भरिएको वरिपरि, थोरै वर्षामा घरघरमा पस्ने पानी, नाकमुह छोपेर हिड्ने अवस्था जनकपुरधामको थियो । दुईवर्ष भित्र जनकपुरधामको भएको विकास जनकपुरधामको मात्र होइन, जनकपुरवासीकै कायापलट गरिदिएको बुद्धिजीविहरुको कथन छ ।
विश्वप्रसिद्ध जानकी मन्दिरसम्म पुग्नका लागि सडक थिएन । बिजुली बत्तीको अभाव देखिन्थ्यो । अहिले सडक लगायतको विकासले मन्दिर दर्शन गर्नेलाई अचम्भित पार्दछ ।

जनकपुरधामको विकसामा जनकपुरवासीकै महत्वपूर्ण भूमिका रहेको जनकपुरधाम उपमहानगरपालिका ठान्दछ । आज उनीहरुले सडक विस्तारको क्रममा आफै घर टहराहरु नभत्काएको भए “चिटिक्क जनकपुरधाम” बन्ने थिएन । फराकिलो सडक, सडक छेउमा फुटपाथ, बीच बाटोमा नाला र त्यसमाथि बिजुलीको प्रकाश साच्चैकै जनकपुरधाम प्रदेश २ को राजधानीलाई बोध गराई रहेको छ ।
जनकपुरधाम धार्मिक, साँस्कृतिक नगरी हो । जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा सडक, नाला र बिजुली बत्ती व्यवस्थापन गर्न सफल भएको छ । दुईवर्षको अन्तरालमा जनकपुरधामलाई राजधानीको रुपमा स्थापित गर्न सफल हुन थालेको छ । जनकपुरधामको अर्को चिहानको रुपमा यहाँका रेल्वे स्टेशन हो ।
जनकपुर–जयनगर रेल सञ्चालनका लागि स्टेशनहरु निर्माण भई सकेको छ । जनकपुरधामको रेल्वे स्टेशन पर्यटकहरुका लागि मोहक बनेको छ । रेल सेवा सञ्चालन पश्चात् यहाँका व्यापारहरु समेत बढ्ने विश्वास छ ।
आगामी कात्तिकदेखि सुरु हुने भनिएको रेल सेवाले जनकपुर क्षेत्रमा आर्थिक समृद्धिको सपना पलाउन थालेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल्वे सेवाका लागि पूर्वाधार निर्माण भइरहेको छ।

रेल सेवाका लागि विभागले ८५ करोडमा दुईवटा आधुनिक रेल खरिद गर्न भारतको कोणर्कोन रेल्वे करपोरेसनसँग सम्झौता गरिसकेको छ। तीन महिनाभित्र रेल नेपाल आइपुग्ने अनुमान छ।
‘रेलमार्ग सञ्चालनपछि सामान ढुवानीका लागि सुविधा हुन्छ। भारतका विभिन्न ठाउँबाट मालसामान ल्याउन सहज हुन्छ, महिनौंदेखि ठप्प भएको व्यापार फस्टाउँछ,’ धनषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले भने । जनकपुर उद्योग वाणिज्य संघले रेल सञ्चालनपछि व्यापार–व्यवसाय फस्टाउने दाबी गरेको छ।
अर्थशास्त्री डा. वरुणलाल कर्णले रेल सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटन उद्योगको विकास भइ व्यापारसमेत फस्टाउने बताए । ‘व्यवसाय फस्टाएपछि रोजगारीका अवसरसमेत सिर्जना हुन्छन,’ उनले भने । जनकपुरमा धार्मिक तथा ऐतिहासिक सम्पदा भएकाले भारतबाट ठूलो संख्यामा पर्यटक आगमन हुने र पर्यटन उद्योगले राजस्व संंकलनमा ठूलो योगदान पु¥याउने उनको दाबी छ ।
जनकपुरधाम प्रदेश नं. २ को अस्थायी राजधानी पश्चात् मानिसको चाप बढेको छ । जनकपुरधामबाट यात्रालाई सहज बनाउन जनकपुरधाम विमान स्थलपनि गरिरहेको छ । जनकपुर विमान स्थलले अब रात्रिकालिन उडान समेत शुरु गर्न तयारीमा जुटेका छन् ।
यात्रुको चाप बढ्दै गएपछि सेवा विस्तार गरिएको छ। उडानसमेत थपिएका छन । हुस्सु लागेका बेला र रात्रि उडान सहज रूपमा गराउनसक्ने गरी सुविधा थपिएको छ ।
विमानस्थलको स्तरोन्नतिसँगै हवाई इन्धनको सुविधासमेत थपिएको छ । आयल निगमले ट्यांकरबाट रिफ्युलिङ सेन्टर सञ्चालनमा ल्याउँदा भाडासमेत कम भएको छ ।
केही यस्ता तत्वहरु
जनकपुरधाम धार्मिक साँस्कृतिक नगरीको रुपमा स्थापित छ । तर केही विकास विरोधी तत्वहरुले विकासको क्षेत्रमा बाधा पुर्याई रहेको बुद्धिजीविहरुको कथन रहेछ । जनकपुरधामलाई धार्मिक साँस्कृतिकको रुपमा स्थापित गर्न नगर भित्रमा मांसमदिरा निषेध गर्न आवश्यक देखिन्छ । तर धर्मकै ठेक्केदारहरुले समाजिक सञ्जालमा अरुमाथि दोष थोपार्ने र आफै मांस मदिराको होटल सञ्चालन गर्ने गरेको पाइएको छ ।
जनकपुरधामलाई धार्मिक नगरीको रुपमा स्थापित गर्नुपर्ने हो भन्ने सबभन्दा पहिला नगरभित्र मांस मदिरा निषेध पार्न आवश्यक छ । तर त्यसो नगरीकन निर्माण कार्यलाई अवरोध गर्ने र आफै मांस मदिराको होटल सञ्चालन गर्ने तत्वहरु वर्तमान अवस्थामा चुनौती बन्न थालेको छ ।
जनकपुरधामको विकासका लागि सबैले हाथमा हात मिलाएर हिड्नु आवश्यक छ । हाम्रो जनकपुरधाम, राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम मुलमन्त्रका साथ अगाडि बढ्नु नै दायित्वको रुपमा बुझ्नु पर्दछ ।

No comments:

Post a Comment