Monday, September 2, 2019

‘गुठीको जग्गा संरक्षणको जिम्मा उपमहानगरपालिकलाई’

जनकपुरधाम, १६ भदौ । जनकपुरधाम उपमहा नगरपालिका भित्र रहेको गुठी संस्थानको जग्गालाई संरक्षण सम्बद्र्धन र आयआर्जन गर्ने जिम्मा उपमहानगरपालिका मातहात आएको छ ।
गुठी संस्थाका कार्यकारी प्रमुख नारायण चौधरी र उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहबीच सो सहमतिपत्रमा सम्झौता गरेका हो ।
समहति पत्रमा गुठी संस्थाबाट आयमुलक कार्यमा प्रयोग गरेको गुठीलाई आयको पचास प्रतिशत दिने छ ।
गुठी संस्थाको स्वामित्वमा रहेको पोखरीहरु, हाट बजार लगायतको जग्गाहरुको संरक्षण सम्बद्र्धन तथा सौन्दर्यीकरण उपमहागनरपालिकाले गर्ने छ । सम्झौतामा  नगरक्षेत्रका पोखरी तथा हाट बजार स्थल मध्ये ठेक्का अवधि समाप्त भएका स्थानहरु पिलोट प्रोजेक्टका रुपमा व्यवस्थापन एवं सञ्चालन गर्ने गरी पोखरी किनार (घाट) निर्माण, पोखरीबाट निस्कने फोहर व्यवस्थापन, पोखरी डिलमा रहेकाृ  अनाधिकृत अतिक्रमित जग्गामा बनेका घर ठहरा हटाई सौन्दर्यीकरण गर्ने,  हाट बजार व्यवस्थापन, सरसफाई र सौन्दर्यीकरण लगायत धार्मिक ऐतिहासिक सम्पदा संरक्षण उपमहानगरपालिकाले गर्ने भएको छ ।
त्यस्तै जग्गामा निर्मित संरचनामा जडान हुने विद्युत, पानी, टेलिफोन शुल्क, महसुल जरिवाना आदि जनकपुरधाम उपमहानगरपालिकाले बुझाउने छ ।
गुठी संस्थाको अधिनमा रहेका जनकपुर शहरी क्षेत्रका जनकपुरधाम उपमहा नगरपालिकाले उपयोग गरी राखेको जमिनहरुको स्वामित्व गुठीकै कायम राखी संरक्षण गर्ने छ ।
शर्तहरु थपघट वा  गर्न आवश्यक भएमा दुबै पक्षको  परसपारिक सहमितमा हेरफेर वा संशोधन गर्न सकिने सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा गुठी संस्थानको तर्फबाट उपप्रशासक सरोज  थपलिया र जनकपुरधाम उपमहागनरपालिकाको तर्फबाट कर अधिकृत परमेश्वर झाले हस्ताक्षरगरेका छन् ।

No comments:

Post a Comment