Wednesday, September 4, 2019

संविधान दिवस मनाउने अवस्था आएको छैन ः दीपक झा

जनकपुरधाम, १८ भदौ । असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने की नमाउने मधेशवादी दलबीचमै फरक–फरक निर्णय गरेको बेलामा २०६३÷०६४ का मधेश आन्दोलनका योद्धा दीपक झा भन्छन् –‘अहिले संविधान दिवस मनाउने अवस्था आएको छैन ।’
मधेशी जनताको अधिकार स्थापित गर्नका लागि २०६३÷०६४ मा पहिलो मधेश आन्दोलन भएको थियो । त्यति बेला उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम एउटा समितिको रुपमा आन्दोलन हाँकेका थिए । त्यो आन्दोलनका क्रान्तिकारी योद्धाको रुपमा दीपक झा चिनिन्थ्यो ।
मधेश आन्दोलनको क्रममा क्रान्तिकारी योद्धा झाको भाषण सुन्न शायदै कसैले नरुचाएको होला । उहाँले ‘माइक’ समात्न वित्तिकै आन्दोलनकारी युवाहरुको ठूलो जमघट हुन्थ्यो । झा लगायत पत्रकार रामप्रकाश साह, मधेशानन्द झा, विजय मस्त लगायतका युवाहरु मधेश आन्दोलनलाई उच्चाईमा पुर्याएको स्थानीयहरुको कथन छ ।
त्यही आन्दोलनकारी योद्धा दीपक झा भन्छन–‘आन्दोलनबाट उपलब्धी नभएको होइन । तर संविधानले ती कुराहरुलाई समेट्न सकेको छैन ।’ उनले जुन उद्देश्य अनुरुप आन्दोलन भएको थियो ।  मधेशी जनताले संघर्ष गर्यो ।  संविधानमा त्यो मुद्दाहरु आएन, संविधान अहिलेपनि उपलब्धी विहीन छ । त्यसैले संविधान दिवस मनाउने अवस्था अहिले आएको छैन भने ।
‘पटक–पटक मधेश आन्दोलनको क्रममा धेरै युवाहरुले शहादत दिएका छन् । तर ती युवाहरुको सपना पुरा हुन सकेन’ झाले भने । उनले शहादत दिएका युवाहरुको तस्वीरमाथि माल्र्यापण गर्नु युवाको सपना थिएन । मधेशी जनताको अधिकार स्थापित गर्नु सपना थियो । जनसंख्याको आधारमा प्रतिनिधित्व गर्नु, मधेशका २२ वटा जिल्लालाई एउटा प्रदेश बनाउनु, नेपालमा बसोबास गर्ने सबैलाई एक सम्मान नागरिकता पाउनु लगायत धेरै माँगलाई लिएर आन्दोलन भएको थियो । तर ती मध्ये शायदै संविधान सल्टिएको छ । संविधान निर्माण उपलब्धी मूलक हो, तर संविधान दिवस मनाउनु औचित्य नरहेको जिकिर गरे ।
यता संविधान दिवस मनाउनेलाई लिएर समाजवादी फोरम र राष्टिूय जनता पार्टी (राजपा)ले अलग अलग निर्णय गरेको छ । समाजवादी पार्टीले तीन दिवसीय संविधान दिवस मनाउने घोषणा गरेका छन् भने राजपाले संविधान दिवस नमाउने निर्णय गरेका छन् । राजपाले विगतमा संविधान दिवसलाई गर्ने कार्यक्रमलाई निरन्तता दिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । विगतमा राजपाले असोज ३ गते अर्थात संविधान दिवसका दिनमा कालो दिवस मनाउँदै आएका थिए ।
त्यस्तै  संविधान जारी भएको दिनलाई संविधान दिवसको रुपमा नमनाइ विरोध दिवस गर्ने निर्णय गरेको राष्टिूय जनता पार्टी (राजपा) नेपाललाई सरकारले कडा जवाफ दिएको छ । सरकारका एक प्रभावशाली मन्त्रीले ट्वीटमार्फत राजपाको निर्णय प्रति असन्तुष्टि जनाउँदै राजपाको ध्यानाकर्षण समेत गराएका छन् ।
संविधान जारी भएको दिन ३ असोज मा विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ भने सरकारले संविधान जारी भएको दिन संविधान दिवस मनाउने तयारी गरिरहेको छ ।
राजपाले उठाउँदै आएको मुद्दा संशोधन गरेर माग सम्बोधन नभएकाले सो दिन विरोध दिवसकै रुपमा मनाउने निर्णय भएको छ । राजप नेपालको मंगलबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले देशैभरी विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको हो । राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले ३ असोजलाई विरोध दिवसको रुपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिने निर्णय भएको बताए । तर कार्यक्रमको स्वरुप कस्तो हुने र के के हुने भन्ने बारेमा पार्टीले सार्वजनिक गरेको छैन । सरकारका संस्कृति, पर्यटन तथा नागरिक उययनमन्त्री योगेश भट्टराईले राजपाको निर्णयपछि त्यसको जवाफमा ट्टीव गर्दै भनेका छन्(‘बारामा निर्माण हुने अन्तर्रा्ष्टिूय विमानस्थलका बारेमा राजपाको निर्णयको पहिलो बुँदाको भावनाप्रति सम्मान व्यक्त गर्दछु भने दोस्रोले समय, सन्दर्भ र राष्टिूय भावनालाई बोक्न नसकेको प्रति राजपाको ध्यानाकर्षण गराउदछु ।’


No comments:

Post a Comment