Saturday, September 14, 2019

महिला शिक्षित भए मात्र समतामुलक समाज निर्माण हुन्छ ः राज्यमन्त्री कुशवाहा

जनकपुरधाम, २८ भदौ । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले महिला तथा बालबालिका शिक्षित भएमा मात्र समनता मुलक समाज निर्माण हुने बताएका छन् ।
अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभाको उद्घाटन समारोहमा राज्यमन्त्री कुशवाहाले महिला तथा बालबालिका शिक्षित भएमा मात्र समाजिक न्यायमा पहुँच हुने र त्यसपछि समनता मुलुक समाज निर्माण हुने जिकिर गरेका छन् ।
उनले भने ‘प्रदेश सरकार महिलालाई अधिकार सम्पन्न बनाउनका लागि प्रहरीमा ५० प्रतिशत राख्ने प्रहरी ऐन ल्याएको छ । शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा पनि महिलालाई पहुँच बनाउन प्रदेश सरकार प्रतिबद्धछ । राज्यमन्त्री कुशवाहाले दलित बालिकाहरुलाई कक्षा एकदेखि आठसम्मका लागि प्रदेश सरकारले प्रत्येक महिना पाँच सय रुपमा दिने व्यवस्था समेत गरेको बताएका छन् ।
उनले समुन्नत समाज निर्माण तथा संघीयतालाई संस्थागत गर्नका लागि प्रदेश सरकार सशक्त भएर अगाडि बढिरहेको दावी गरेको छ ।
 अप्सन नेपाल सिरहाका अध्यक्ष डा.एसके सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान सहितका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।


No comments:

Post a Comment