Tuesday, September 17, 2019

विपद् व्यवस्थापन प्रदेश २ का प्रमुख प्राथमिकता ः राज्यमन्त्री कुशवाहा


जनकपुरधाम, ३१ भदौ । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले तराई÷मधेशका जिल्लाहरुमा सबभन्दा बढी प्राकृतिक प्रकोप आउने गरेको छ । त्यसलाई मध्यनजर गरी प्रदेश सरकारले विपद् व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेको जिकिर गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा गौर—रौतहटमा मंगलवार आयोजित जिल्ला विपद् व्यवस्थपन समितिसँगको अन्तरक्रिया गोष्ठीमा राज्यमन्त्री कुशवाहाले प्र्रदेश २ मा आँधीबेरी, बाढी, आगलगी, झाडापखला लगायतका प्राकृतिक प्रकोप आउने गरेको छ । यस्ता किसिमको प्रकोपको न्यूनिकरणका लागि प्रदेश सरकारले विपद व्यवस्थापनलाई प्रमु्ख प्राथमिकतामा राखेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेको राज्यमन्त्री कुशवाहाले प्रदेश नं. २ को बिना नेपाल कृषि प्रधान देश बन्न नसकिने बताएका छन् । उनले भने, ‘केन्द्र सरकार पनि प्रदेश  २ को विपद व्यवस्थापनप्रति गम्भीर हुनु पर्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार विपद् व्यवस्थापनको क्षेत्रमा समन्वय गरी अगाडि बढ्दुपर्छ ।’
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका अध्यक्ष, पत्रकार, बुद्धिजिवी, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment