Friday, September 6, 2019

असोज ३ कालो दिन ः मन्त्री सोनल


प्रदेश सरकारले असोज ३ गते संविधान दिवस हर्षोल्लास पूर्वक मनाउने निर्णय गरेको छ । तर प्रदेश सरकारकै राजपा मन्त्रीले त्यसको विरोध गर्दै सो दिनलाई कालो दिनको रुपमा मनाउने आफ्नो तर्क दिन्छ । यसै सन्दर्भमा गरेको कुराकानीको यो अंश
असोज ३ गते संविधान दिवस कसरी मनाउनु हुन्छ ?
विगत वर्ष झै यसवर्ष पनि संविधान दिवस मनाउँछौं, त्यो मान्यताबाट हामी पछि हटेका छैनौं । यो साल पनि राष्ट्रिय जनता पार्टी नेपालले देशभरि काला दिवसको रुपमा विरोध गरेर असोज ३ गतेलाई सम्झन्छौं ।
तपाई प्रदेश सरकारको मन्त्री हुनुहुन्छ । प्रदेश सरकारले तीन दिवसीय संविधान दिवस मनाउने निर्णय गरेको छ नि ?
तपाईलाई अवगत गराई देउ कि प्रदेश सरकारले बोलाएको मन्त्री परिषदका बैठकका दिन राजपाको एउटा पनि मन्त्रीहरु थिएन । सबै बाहिर बाहिर थिए । यस बारेमा मन्त्री परिषदले के निर्णय गरेको छ, हामीलाई थाहा छैन ।
पार्टीको निर्णय मान्नु हुन्छ कि मन्त्री परिषदको ?
हाम्रो राष्ट्रिय जनता पार्टी नेपालले स्पष्ट रुपमा निर्णय गरिसकेको छ । असोज ३, काला दिनको रुपमा मनाउने । पार्टीको निर्णयलाई आत्मसाथ गरी त्यो दिन हामी कालो दिवसको रुपमा सम्झिन्छौं ।
संविधानलाई स्वीकार गर्ने, संंविधानकै तहत मन्त्री पद सम्हाल्ने र संविधानका दिन काला दिन मनाउने उचित भएन नि !
यो संविधानको एउटा अंश हो । हामीले सम्पूर्ण रुपमा संविधानलाई अस्वीकार गरेको त छैन नि ! संविधानका विभेदकारी धारालाई विरोध गरिरहेका छौं । अहिलेपनि संविधानले मधेशी जनताको अधिकार सुनिश्चित गरेको छैन । विगतका दिन पनि असोज ३ गते काला दिनको रुपमा मनाएका छौं । किन भने कफ्र्यु लगाएर, गोली चलाएर यो संविधान निर्माण गरेको छ । संविधानमा मधेशी जनताको अधिकार अहिलेपनि कुण्ठित नै छ । यस्तो अवस्थामा संविधान दिवस मनाउनु भन्नाले शहीदको सपनासँग खेलवाड गर्नु हो । त्यसैले पार्टीले गरेको निर्णयलाई नै आत्मसाथ गरी असोज ३, काला दिनको रुपमा मनाउँछौं ।
संघीय सरकारका एकजना मन्त्रीले काला दिवस मनाउनेमाथि कारवाही गर्ने भनेको छ नि !
 हिम्मत छ भने कारवाही गरेर देखाउँनुस । गोली चलाएर संविधान जारी गर्ने, कफ्र्यु लगाएर संविधान जारीगर्ने, थुनामा राखेर संविधान बनाउने अनि आवाज उठाउँदा कारवाही गर्ने, कसलाई हिम्मत छ कारवाही गर्ने । यथास्थितिमा कुनै पनि हालतमा संविधानलाई स्वीकार नगर्ने ।

No comments:

Post a Comment