Thursday, September 19, 2019

‘राजपाद्वारा दिनमा विरोध र््याली साँझमा ब्लेक आउट’


जनकपुरधाम, १ असोज । राष्टिूय जनता पार्टी (राजपा) नेपाल धनुषाले असोज ३ गते संविधान दिवसका दिन विविध कार्यक्रमको आयोजना विरोध गर्ने छ ।
राजपा धनुषाका अध्यक्ष प्रमोद यादवले मधेसी जनताको अधिकार अहिलेपनि संविधानमा कुण्ठित गरिएकोले संविधान दिवसका दिन विरोधको विविध कार्यक्रम रहेको जनाइएको छ । अध्यक्ष यादवले असोज ३ गते बेलुका ४ बजे जनक चौकमा जम्मा भई विरोध गर्ने कार्यक्रम रहेको छ । त्यस्तै साँझ ७ बजेदेखि ७ः३० बजेसम्म ब्लेक आउट गर्ने पार्टीले निर्णय गरेको जनाइएको छ ।
धनुषा अध्यक्ष यादवले भने, ‘मधेसी जनताको अस्तित्व, पहिचान र अधिकार संविधानमा सल्टिएको छैन । सरकारले पटकपटक संशोधनको अश्वासन मात्र दिएकोले जबसम्म मधेशी जनताको हितमा संविधान संशोधन हुँदैन कुनै पनि हालतमा संविधानलाई नस्वीकार्दैनौं ।’
उनले असोज तीन गतेलाई कालो दिनको रुपमा मनाउन सबैलाई आग्रह समेत गरेका छन् । मधेशी जनताको अधिकारलाई सुनिश्चत पार्नका लागि नागरिक समाज, बुद्धिजीविलाई आग्रह गर्दै भने, ‘शहादत दिएका मधेशी युवाहरुको सपना साकार पार्नका लागि असोज ३ लाई विरोध जुलुस र ब्लेक आउट गरी सफल गरौं ।’
यता प्रदेश २ का सरकारका समाजवादी फोरमले संविधान दिवस मनाउने मन्त्री परिषदबाट निर्णय गरेको छ भने अर्को राजपा पक्षका मन्त्रीहरुले त्यो दिन ब्लेक आउट गरेर कालो दिनको रुपमा मनाउने भन्दै आएका छन् ।

No comments:

Post a Comment