Saturday, August 31, 2019

प्रजातान्त्रिक आन्दोलनका योद्धा थिए नेपाली ः मेयर साह

जनकपुरधाम, १४ भदौ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य गणेश नेपाली प्रजातन्त्रिक आन्दोलनका योद्धा रहेको बताएका छन् ।
पूर्व खेलकुदमन्त्री समेत रहेका नेपालीको शुक्रवार ७६ वर्षको उमेरमा निधन भएको छ । उहाँको महोत्तरी सदरमुकाम जलेश्वर २ पर्सापतौली निवासी निधन भएको हो । मेयर साहले पूर्वमन्त्री नेपालीको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै भने ‘उहाँ लोकतान्त्रिक आन्दोलनका युद्धा थिए । २०३० औं शताब्दीमा उहाँ कैयौ पटक जेल सजाए पनि भोगेका छन् । हामीहरुले एउटा योद्धालाई गुमाएका छौं ।’
मेयर साहले प्रजातन्त्र स्थापनाका लागि भएको जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर हुनुहुन्थ्यो नेपाली ज्यू । उहाँ सोही क्रममा कैयौं पटक जेल सजाए कोटेका छन् । प्रजातन्त्रको आन्दोलनमा तराई÷मधेशमा उहाँको महत्वपूर्ण भूमिका रहेको कुरा दोहोर्याएका छन् ।
उहाँको पूर्खौली गाउँ जलेश्वरको पर्सापतैलीमा भएको अन्त्येष्टि तथा शव यात्रामा मेयर साहसँगै राजपाका अध्यक्ष मण्डली सदस्य महन्थ ठाकुर, प्रदेश २ का वनमन्त्री रामनरेश राय, पूर्वाधार मन्त्री जितेन्द्र सोनल, वृषेशचन्द्र लाल सहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
विक्रम संवत् १९९९ सालमा जन्मनु भएका नेपाली २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएसँगै आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्न र लेख्न थाल्नु भएको थियो । २०४४ सालमा नेपाली कांग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उहाँ २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर नै हुनुहुन्थ्यो ।
राजनीतिक यात्रासँगै उहाँ २०५२ सालमा तत्कालीन एमालेमा आबद्ध हुनु भएको भएको थियो । यद्यपि एमालेसँगको आबद्धता २०६४ सालमा तोडेर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गर्नु भएका नेपाली पहिलो संविधान सभाको निर्वाचनमा सभासदमा निर्वा्चित भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री हुनु भएको थियो ।

No comments:

Post a Comment