Monday, August 19, 2019

अशोक धन्कार (हलखोर) सहित चारजना पूर्ण छात्रवृतिमा भारत

जनकपुरधाम, २ भदौ । समाजवादी पार्टीका संसदीय दलका उपनेता रामअशिष यादवको पहलमा प्रदेश २ बाट अशोक धन्कार (हलखोर) सहित चार जना पूर्ण छात्रवृतिमा इन्जिनियरिङ्ग गर्न सोमवार भारत गएका छन् ।
इन्जिनिरिंग गर्न जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ बस्ने अशोक धन्कार (हलखोर), जनकपुरधाम उपमहानगरपालिका १९ जमुनिया बस्ने कमल यादव, महोत्तरीको मनराकट्टी बस्ने अभयमान सिंह, लक्ष्मीनियाँ गाउँपालिका ४ बस्ने अम्भु शर्मा रहेका छन् ।
उनीहरुलाई उपनेता यादवले एउटा डटपेट र फुलमाला लगाएर विदा गरेका छन् ।
उनीहरु भारतको पञ्जाबस्थित पंजाब युनिभरसिटीद्वारा मान्यता प्राप्त सेन्टसोल्जर ग्रुप अफ इन्ष्टिच्यूशन कलेजमा गएका हुन ।
चारवर्षसम्मको रहेको इन्जिनियरिङ्ग कोर्ष गर्नका लागि भारतीय रुपैया ५ लाख ७० हजार पर्नेछ । तर सो कलेजले खाना बाहेक सबै निःशुल्क गरिएको जनाइएको छ ।
ई.सं. २०१९ जनवरीमा कलेजका संस्थापक मनोहर अरोडा जनकपुरधाम आएको बेलामा उपनेता यादवले गरिब, दलित तथा पिछडिएको समुदायलाई पूर्ण छात्रवृतिमा इन्जिनियरिंगका लागि पहल गरेका थिए ।


No comments:

Post a Comment