Monday, August 26, 2019

विभेद अन्त्य भए मात्र परिवर्तन ः मेयर साह

जनकपुरधाम, ९ भदौ । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले सबै प्रकारको विभेद अन्त्य भएमात्र सामाजिक र आर्थिक लगायतको परिवर्तन हुन सक्ने दावी गरेका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाद्वारा सोमवार आयोजित नागरिकको नजरमा मिडिया ‘सम्वाद’ कार्यक्रममा मेयर साहले समाजिक परम्परादेखि लिएर राजनीतिक विभेद रहिरह्यो भने मुलुक ठूलो शंकटमा फस्न सक्ने सम्भावना छ। मुलुकलाई बचाउने हो, समृद्धि मुलुक निर्माण गर्ने हो भन्ने विभेदको अन्त्य गर्नुपर्छ ।’
उनले जनकपुरधामको विकासको चर्चा गर्दै वर्षोसम्म नभएको कार्य एकवर्षभित्रमा उपमहानगरपालिकाले गरेको छ । सबैको साथ सबैको विकास लक्ष्यका साथ हामीहरु अगाडि बढेमा पाँच वर्षभित्रमा जनकपुरधाममा परिवर्तन गरेर देखाउने जिकिर गरेका छन् ।


केन्द्रिय मिडिया विभेदकारी
काठमाण्डौबाट प्रकाशित हुने ठूलो मिडियाहरु तराईमधेशप्रति विभेद गर्दै आएको नागरिक समाजका अगुवाहरुले आरोप लगाएका छन् ।
जनकपुरधाममा सोमवार आयोजित नागरिकको नजरमा मिडिया ‘सम्वाद कार्यक्रम’ मा सहभागी युवा अभियन्ता, नागरिक समाजका अगुवाहरुले धेरै यस्ता पत्रकारहरु छन् जसले दलगत पत्रकारिता र पैसा लिएर लेख्ने गरेको आरोप लगाएका छन् । उनीहरुले टेलिफोन र व्यक्ति विशेषकै भरमा समाचार लेख्दा पत्रकारिता क्षेत्रमाथिको विश्वास घटि रहेको बताएका छन् ।
‘पत्रकारहरुलाई केही भएमा सबै पत्रकारले एकजुट भएर कलम चलाउँछन्, तर रेश्म चौधरीलाई राज्यले गरिरहेको विभेद विरुद्ध कसैले कलम चलाउँदैन’ युवा अभियन्ता प्रशान्त झाले आरोप लगाएका छन् । त्यस्तै जनकपुरधाम उपमहा नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता राउतले अहिलेपनि दलितको हितमा जुन प्रकारले कलम चलाउनु पर्ने थियो त्यसमा धेरै कन्जुस्याई भई रहेको बताएकी छन् । ‘दलितको कार्यक्रममा पत्रकारहरुलाई बोलाउँदा पनि आउँदैन । दलितका लागि पत्रकारिता हो कि होइन ’ उनले प्रश्न गरिन ।
कार्यक्रममा कार्यपालिका सदस्य श्याम झा, पुष्पा यादव, युवा अभिन्ता सिद्धान्त अन्सारी सहितका व्यक्तिहरुले पत्रकारहरुसँग गुनासो पोखेका छन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेलले आफ्नो आलोचना कसैलाई मन पर्दैन, अरुको आलोचना गर्न सहज पनि हुन्छ । तर जसलाई आलोचना रुचाउँदैन त्यसले कहिलेपनि सही दिशामा जान नसकिने बताएका छन् । उनले पत्रकारहरुलाई संकेत गर्दै भने, ‘समाचार सूचना होइन, समाज र मुलुकलाई परिवर्तन गर्ने दिशा हो । आलोचना भन्दा आफूले गरेको कार्यको समीक्षा गर्नुपर्छ ।’
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सत्यतथ्य समाचार प्रकाशन÷प्रसारण गर्ने नै मिडियाको लक्ष्य र कर्तव्य हो ।  आवाज विहीनको आवाज बाहिर ल्याउन हाम्रो दायित्व रहेको बताएका छन् । उनले महासंघले यसका लागि चार किसिमको योजनाहरु ल्याउने लागेको बताएका छन् ।
अध्यक्ष आचार्यले यहाँबाट उठेका जिज्ञासाहरुलाई केन्द्रिय मिडियाहरुसँग छलफल गर्ने विश्वास दिलाएका छन् । उनले दलगत र जातिगत पत्रकारिता नगर्न आग्रह पनि गरेका छन् । उनले भने, ‘आज पनि नागरिक समाजलाई समस्या परेमा पत्रकारलाई नै गहार छन् । पत्रकारमाथि अहिलेपनि सबैले विश्वास गर्ने गर्दछ । त्यो विश्वास कहिले नटुटोस त्यस्ता वातावरण कायम राख्नु पर्दछ ।’
धनुषाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक खेशर खनाल, नेपाल पत्रकार महासंघका केन्द्रिय  कोषाध्यक्ष राजेश मिश्र, मनिका झा, हिमांशु चौधरी सहितका व्यक्तिहरुले आ आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा उपस्थिति नागरिक समाज, युवा अभियन्ता सहितका व्यक्तिहरुले पत्रकारिता क्षेत्रमा रहेको त्रुटिबारेमा प्रश्न गरेका थिए ।

No comments:

Post a Comment