Monday, August 12, 2019

हँसपुर नगरपालिकाको विवाद र विकास लिला


जनकपुरधाम, २७ साउन । धनुषामा १८ वटा ‘पालिका’ मध्ये सबभन्दा बढी चर्चा हंसपुर नगरपालिकाले कमाएको छ । २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचन पश्चात ‘नगरपालिका’वासी निक्कै हर्षित थिए । किन भने सो नगरपालिकामा मेयर पदमा राष्ट्रिय जनता पार्टीबाट रामज्ञान मण्डल र सोही पार्टीबाट उपमेयरमा रेणु कुमारी झा निर्वाचित भए । एउटै पार्टीको मेयर र उपमेयर पदमा निर्वाचित हुँदा विवाद रहित विकास हुने सपना जे देखेका थिए नगरपालिकावासीहरु ।

मधेश आन्दोलनको क्रममा देखाएका सपनाकै कारण हँसपुर नगरपालिकामा मेयर र उपमेयरमा राजपाबाट निर्वाचित भएको स्थानीयवासीहरुको कथन छ । राजपा लगायतका दलका नेता तथा कार्यकर्ताहरुले गरेको आन्दोलनको परिणाम आउँदा जति खुशी हुनुपर्ने थियो, विस्तारै त्यो खुशी सेलाउँदै गयो । शिक्षा, स्वास्थ्य,  कृषि र निर्माण लगायतको विकास सहज हुने देखेका सपना नगरपालिकावासीहरुको ६ महिना नवित्दै धरासायी हुन थाल्यो ।
मेयर रामज्ञान मण्डल मधेश आन्दोलन र वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउने गर्ने गरेको चर्चा थियो भने उपमेयर रेणु कुमारी झा मधेश आन्दोलनमा नेतृको रुपमा राम्रो नाम कमाएकी थिइन । यसो हेर्दा दुबैको पृष्टभूमी एकअर्कासँग मिल्दोजुल्दो रह्योे । तर दुबैले मेयर र उपमेयरको पद सम्हाल्दा विकास कम र विवादमा बढी उम्झियोे, जुन अहिलेपनि जारी नै छ ।
विवादको मुख्य जड
हँसपुर नगरपालिमामा ६ महिना नवित्दै मेयर र उपमेयर बीच नगरपालिकाको कार्यालयलाई लिएर विवाद शुरु भयो । स्थानीयहरुको अनुसार योभन्दा पहिला चढने गाडीलाई लिएर विवाद भएको थियो । तर दुबैलाई गाडी उपलब्ध हुँदा विवाद सम्य भयो । त्यसपछि मेयर —उपमेयरले एकअर्कासँग अनियमितता गर्ने गरेको आरोप बाहिर आयो । यो विवाद पनि निक्कै चर्चा कमायो । मेयर रामज्ञान मण्डलले विकास निर्माण रकम खाएर गर्ने गरेको आरोप रह्यो । यो आरोप पनि उपमेयर रेणु झाले नै बाहिर ल्याएको थियो । नगरपालिका भित्रमा निर्माण कार्यको अनुगमनको क्रममा उपमेयर रेणु झाले आफ्नो सफाई दिदैन भनिन, ‘आफूले अनुगमनको क्रममा बुझाएको फाइल अनुसार भुक्तानी भई रहेको छैन । यसमा मेयरले अनियमितता गर्ने गरेको संकेत दिइयो ।’
केही दिन हँसपुर नगरपालिका यस विषयलाई लिएर निक्कै चर्चामा रह्यो । विस्तारै विस्तारै दुबैले मिल्यो र कुरा शान्त भएर गयो । स्थानीयवासीहरुको अनुसार भागबण्डा लिनका लागि उपमेयरले यस्तो गरेको बाहिर पनि आयो । तर मेयर उपमेयरबीचको यस्ता मिलापत्र बढी दिनसम्म चल्न सकेन ।
नगरपालिकामा तालाबन्दीको कारण
 
हँसपुर नगरपालिकामा तालाबन्दी भएको छ । यो तालाबन्दी विकास निर्माण गर्नका लागि होइन, अनियमितता भएको ठहरका लागि होइन, विकास निर्माण किन भएन त्यसका लागि होइन, शिक्षा, स्वास्थ्य किन सुध्रिएन, बाढी पीडितले राहत किन पाएन त्यसका लागि होइन । यो विवाद कार्यालय सार्नका लागि भएको हो । अहिले हँसपुर नगरपालिकाको दुईवटा कार्यालय छ । एउटा कार्यालय बघचौडामा र अर्को कार्यालय हँसपुर चौकमा । तर दुबैबाट एउटा पनि कार्यालयमा स्थानीवासीहरुको कामकाज भई रहेको छैन । बघचौडामा शुभाम्भा देखि नै नगरपालिाकाको कार्यालय रह्यो । तर बढी विवाद, पूर्वाधार संरचनाको अभाव, पार्किङ्गको अभाव तथा नगरपाकिलाको मिटप्वाइन्टमा नरहेकोले कारणले अर्को कार्यालय हँसपुर चौकमा सञ्चालनमा ल्याएको बुझिन्छ । यता उपमेयर रेणु झाले यो मेयरको गलत मानसिकताको कारण यहाँबाट कार्यालय सार्न लागेकोले आरोप छ् ।
के भयो साउन ३ गते ?
असार मसान्तमा बजेट सकाउने सबैलाई चिन्ता हुन्छ । तर हँसपुर नगरपालिकाकी उपमेयर रेणु झालाई यसको परवाहै भएन । बघचौडामा पनि सधैं विवादमा रहिन र यहाँबाट सेवा केन्द्रको रुपमा हँसपुरमा सञ्चालन ल्याउन खोज्दा पनि ठूलो विवादमा फसिन । अहिले हँसपुर नगरपालिकाको बजेटको १० प्रतिशत कार्य पनि भएको छैन । भएको कार्यको भुक्तानीको रकममा तालाबन्दी लागेको छ ।
नगरपालिकाका कर्मचारीहरुले प्रहरी प्रशासनको सहयोगमा यहि साउन ३ गते आवश्यक कागजातहरु लिन बघचौडा गएको बेलामा उपमेयर रेणु झाको नेतृत्वमा ठूलो विवाद भएको चर्चा छ । उहाँकै उक्साहटको कारण त्यहाँ ट्याक्टरमा तोडफोड र प्रहरीबीच झड्प भएको स्थानीयहरुको कथन छ । त्यहाँका उपमेयर दवंगशैलीमा प्रस्तुत हुँदा यस्तो अवस्था सृजना भएको उनीहरुको दावी छ ।
कार्यालय कहाँ राख्दा उपर्युक्त होला त ?
 
हँसपुर नगरपालिकाको कार्यालयलाई लिएर उठेको विवाद एक्कदम्मै गम्भीर देखिन्छ । वडा नंं. २ र ४का वडा अध्यक्षले स्थापनाकालदेखि बघचौडामा रहेकोले कार्यालयलाई बघचौडामै हुनुपर्ने जिकिर गर्दैछन् । तर सातवटा वडा अध्यक्षहरु सबैदृष्टिले हँसपुर चौकमा हुनुपर्ने अडान राखेका छन् ।  उनीहरुले हँसपुरचौकमा कार्यालय राख्दा सबै वडावासीहरुका मिटप्वाइन्ट रहेको, विजुलीबत्तीको सुविधा भएको, बाटोघाटोका सुविधा भएको, प्रहरी प्रशासनको सुविधा भएको र कार्यालय भवन निर्माणका लागि जग्गा पनि बढी भएको ठहर छ । हँसपुरमा २२ कट्टा जग्गा नगरपालिकाको नाउँमा रहेकोले सबै किसिमले राम्रो हुने वडावासीहरुको तर्क मात्र होइन, प्रतिपक्षी दलहरुको चाहना पनि हो ।
दुबै कार्यालयमा फर्क देखियो ?
नगरपालिकाको कार्यालय राख्न सम्बन्धी धैरै कानूनी प्रक्रिया होला र छन् । तर यसो हेर्दा बघचौडाको अनुपातमा सबै दृष्टिले हँसपुरमा सो कार्यालय सञ्चालनमा आउँदा राम्रो हुने प्रतिपक्षी पार्टीहरुको तर्क छ । बघचौडावासीहरुको अनुसार पुरानो गाविसको नाउँमा यहाँ २ विघा जग्गा रहेको छ जसमा अहिले नगरपालिकाको कार्यालय सञ्चालन छन् । तर यसो हेर्दा गाउँको पुर्व र दक्षिणपट्टीमा छन् । जहाँ पूर्वमा एउटा नदी र पश्चिममा पोखरीका साथै मन्दिर र धर्माशाला छ । नगरपालिका सञ्चालनका लागि ठूलो जग्गा भएपनि अहिलेको अवस्थामा सँघुरो देखिन्छ । त्यहाँ पार्किङ्ग व्यवस्था छैन । बाटो जानेमा पनि अप्ठ्यारो देखिन्छ ।
के गर्ने ती जग्गामा त ?ः
बघचौडामा नगरपालिकाको कार्यालय सञ्चालनमा रहेको ती जग्गामा धर्मशाला, पोखरीलाई सौन्दर्यीकरण गरी पर्यटकीय दृष्टिले विकास गरेमा राम्रो हुने केही बुद्धिजीविहरुको तर्क रहेको छ । २ विघा जग्गालाई राम्रो व्यवस्थापन गरेमा त्यहाँ एउटा ऐतिहासिक र नमूना कार्य गर्न सकिने पनि बुद्धिजीविहरु बताउँछन् ।
अन्यपार्टीका मेयर पदका प्रत्याशीहरु भन्छन
नेपाली काँग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका प्रदीप यादव भन्छन्, नगरपालिकाको कार्यालय कुनै पनि हालतमा बघचौडामा उपर्युक्त छैन । त्यो एउटा सुघुरको घर जस्तो हो । मैले पनि मेयर पदमा उम्मेदवारी दिएका थिए, हारजित आफ्नो ठाउँमा हो, तर कार्यालय स्थापना गर्नुभन्दा अघि नै नेपाली काँग्रेसले त्यहाँ कार्यालय नराख्न भन्दै आएका थिए । अहिलेपनि कानूनी प्रक्रिया पुरा गरी हँसपुर चौकमा हुनुपर्ने जिकिर गरे ।  काँग्रेस पार्टीको हँसपुरचौकमा राख्न पूर्ण समर्थन रहेको उनले दावी पनि गरे ।
त्यस्तै तत्कालिन माओवादीबाट मेयर पदमा उम्मेदवारी दिएका सुशिल यादव र एमालेबाट उम्मेदवारी दिएका सुशिल साहले हँसपुर चौकमा नगरपालिकाको कार्यालय राख्न समर्थन रहेको बताएका छन् । उनले हँसपुरचौकमा नगरपालिकाको कार्यालय राख्नमा राजनीतिक दलको तर्फबाट कुनै समस्या नरहेको भन्दै यहाँबाट अन्यत्र गएमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । जनताबाट निर्वाचित मेयर र उपमेयरले जनताको भावना अुनसार कार्य नगरेमा राजिनामा दिए हुन्छ माँग पनि गरेका छन् ।
प्रक्रिया
हँसपुर चौकमा कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा राजनीतिक दलका प्रतिनिधिबाट बहुमतले पास गरेर नगरापालिकाको कार्यालय सञ्चालन  ल्याएको मेयर रामज्ञान मण्डलको भनाई छ । कानूनी प्रक्रिया पुरा गरेर नै यहाँ नगरपालिकाको कार्यालय सञ्चालनमा ल्याएको मेयरले दावी गरेका छन् ।


No comments:

Post a Comment