Wednesday, August 28, 2019

‘युवालाई राजनीतिमा प्रयोग गरे, नेतृत्व दिएन’ रोशन सिंह ‘राणा’


जनकपुरधाम, ११ भदौ । ‘मधेशी युवाहरुलाई सबैले प्रयोग मात्र गरेको छ, नेतृत्व दिन मानेको छैन । युवालाई नेतृत्व दिएको भए आज राजनीतिक द्वन्द हुने थिएन’ रोशन राणा भन्छन् ।
उनी भन्छन् ‘नेपालमा नेपाली काँग्रेस, तत्कालिन एमाले, माओवादी र मधेशवादी पार्टी बेलाबेलामा युवाहरुलाई आन्दोलन, पार्टी संगठन विस्तार, बन्द हडताल लगायतमा प्रयोग नै गरेको हो । युवाकै कारण मुलुकमा सत्ता बदलिएको हो, तर युवाहरुलाई नेतृत्वमा नल्याउँदा परिवर्तन र विकास भएको छैन ।’
रोशन राणा आफ्नै चर्चा गर्दै भने, ‘२०४७ सालमा सात कक्षामा पढ्दथे । मधेशमा गजेन्द्रनारायण बाबु नेतृत्वको सद्भावना पार्टी थियो । मधेशी जनताको अधिकार सुनिश्चित पार्नका लागि सद्भावना पार्टीले आन्दोलन डाकेका थिए । विद्यालय(विद्यालयमा गएर विद्यार्थीहरुलाई मधेशी जनताप्रति भई रहेको विभेद र आजादीको कुरा गर्दथे । त्यतिबेलादेखि नै आफू राजनीतिमा आएका हौं । गजेन्द्र बाबु नेतृत्वको पार्टी कैयौं टुक्रामा विभाजित पनि भए । तर आफू त्यहाँको त्यहाँ नै छौं ।’

‘हामीहरु जस्तो धेरै क्रान्तिकारी युवाहरु छन्, जसले राजनीतिमा प्रयोग मात्र भएको छ, अवसर नपाउँदा विस्थापित भएर गएका छन् । ०५५÷०५६ सालमा नेपालमा ऋतिक रोशन काण्ड भयो । त्यो काण्डले नेपालमा ठूलो आन्दोलन गरायो । गजेन्द्र बाबुसँग म पनि काठमाडौं गएका थिए । गजेन्द्र बाबु भन्थे देशमा प्रजातन्त्र आवश्यक छ । प्रजातन्त्र आएपछि अर्कोलाई लडाई शुरु हुन्छ । मधेश मुद्दाको यस्तो नै विजारोपण गरेका थिए गजेन्द्र बाबु कि हामी उहाँकै अनुयायी भया’े (राणाले भने ।
गाउँ गाउँमा गएर पार्टीलाई विस्तार गर्ने योजना बनायो, युवाहरुलाई जमघट गरे । पार्टी तिव्रगतिमा विस्तार भयो । त्यतिबेला मधेश मुद्दालाई अगाडि बढाउने एउटै पार्टी थियो ‘सद्भावना पार्टी’ । त्यो पार्टीमा, राजेन्द्र महतो, श्यामसुन्दर गुप्ता, सरिता गिरी, अनिल झा लगायतका ठुला दिग्गज नेताहरु थिए । तर पद र सत्ता लोभका कारण सद्भावना पार्टी चारपाँच टुक्रामा विभाजित भयो ।
राणा भन्छन, (‘मेरो एउटै लक्ष्य थियो, मधेशी जनतालाई जनसंख्याको आधारमा सबै क्षेत्रमा सहभागिता । मधेशी जनतालाई सेना, सशस्त्र लगायतमा भर्ना गरिरहेको थिएन । यसको अन्त्य र सबै निकायमा मधेशी जनताको पहुँच होस् त्यही सोचका साथ सद्भावनामा लागि रहे ।’ उनले सद्भावना विभाजित भएपछि आपूm श्याम सुन्दर गुप्ता नेतृत्वको सद्भावना पार्टीमा गए, त्यसपछि सरिता गिरी र त्यसपछि अनिल झा नेतृत्वको सद्भावना पार्टीमा ।
सिंहले भने, ‘केही युवाहरुलाई पनि राजनीतिमा ठाउँ नभेटाएको होइन । जसमा चापलुसी गर्ने क्षमता छन् वा जसलाई बढी प्रतिभा छन् त्यस्तो अपवादमा ठाउँ भएको हो ।’
मधेशवादी दलमा शुद्धिकरणको आवश्यकता रहेको छ । नयाँ पुस्ताका युवाहरुलाई राजनीतिमा ल्याएमा चौतर्फी विकास हुने उनले बताएका छन् ।
२०३६ सालमा जन्मिएका सिंहको बाल्य अवस्था निक्कै कष्टपूर्ण वित्यो । चार वर्षकै उमेरमा उहाँको बुवा शत्रुधन सिंह वित्नु भयो । चंचल स्वभावका रहेको सिंहले समाजमा रहेको छुवाछुत र विभेदको विरुद्धमा सधैं आवाज उठाउँदै आएको उनी भन्छन् । दलितको घरमा मात्र होइन, दलितसँगै खाने, बस्ने र हिड्ने स्वभाव रहेको बताउँछन् उनी ।

No comments:

Post a Comment