Monday, August 26, 2019

‘प्रहरीले ज्यादति रवैया नसच्यिाए पसलमा ताल्चा लगाई साँचो प्रदेश सरकारलाई बुझाउछौं ’

जनकपुरधाम, ८ भदौ । धनुषा चेम्बर अफ कमर्सले प्रहरी प्रशासनको गैरकानूनी कार्य र ज्यादति रवैया नसच्चिए व्यापारीहरु पसलमा ताल्चा लगाएर साँचो प्रदेश सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।
कमर्सले आईतवार प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई ध्यानाकर्षणपत्र मार्फत ध्यानाकर्षण गराउँदै ‘प्रहरी प्रशासन र भन्सारबाट अनुगमन र निरीक्षणको नाउँमा व्यापारीलाई धम्काउने, तर्साउने गरेको छ । व्यापारीहरुले तिरेको भन्सारलाई पनि प्रहरीले जर्बजस्ती नियन्त्रणमा लिई पैसा असुल्ने गरेको व्यापारीहरुको गुनासो छ ।’
कमर्सका अध्यक्ष विजय कुमार साहको नेतृत्वमा गएको टोलीले मन्त्री यादवलाई बुझाएको ध्यानाकर्षण पत्रमा कानून विपरित एउटै पसलमा संघीय प्रहरी र प्रदेश प्रहरीले फरक मितिमा बिना कुनै आधार अनुगमन गरी व्यापारीलाई तर्साउने र धम्काउने गरेको छ । विशेष गरी प्रदेश प्रहरी कार्यालयबाट खटेको घुमुवाहरुले बढी आतंक मच्याइएको हो । मालसमानको भ्याट बिल हुँदाहुँदै प्रदेश प्रहरी कार्यालयबाट खटेका घुमुवा प्रहरीले अनावश्यक पैसा माग्ने र नदिएको खण्डमा मालसमान नै नियन्त्रणमा लिई भन्सारलाई बुझाउने र भन्सारले तत्कालै उक्त मालसमान लिलामी गर्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
प्रहरी प्रशासनको व्यापारीप्रतिको गलत क्रियाकलापको कारण व्यापार व्यवसायको वातावरण धरासायी हुने अवस्थामा पुगेको हो । जनकपुरधाम नगरपालिका भित्रमा घरभाडा महँगो भएको कारणले मालसामानको मूल्यमा वृद्धि हुने गरेकोले यहाँका व्यापार शुन्यमा झारेको छ । र ग्राहकहरु सीमापारी वा अन्तै गएर खरीद बिक्री गर्ने गरेको छ ।  घरभाडामा एकरुपता ल्याई दिनका लागि प्रदेश सरकार र जनकपुरधाम उपमहा नगरपालिकाबीच समन्वयको आवश्यकता रहेको समेत ध्यानाकर्षणपत्रमा रहेको छ ।
यता ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री यादवले वर्तमान अवस्थामा प्रदेशको मातहत प्रहरी प्रशासन नरहेको स्वीकार्दै उनीहरुसँग समन्वयकारीकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने विश्वास दिलाएका छन् । उनले प्रदेश भित्रमा उद्योगधन्धा फ्स्टाउँन व्यापारीहरुसँग आग्रह पनि गरेका छन् । मन्त्री यादवले यहाँको व्यापारीहरुको सबै समस्यालाई समाधान गर्नका लागि प्रदेश सरकार सक्रिय भएर अगाडि बढने बताएका छन् ।
कमर्सका महासचिव कृष्णदेव साह, उपाध्यक्ष सरोज मिश्र सहितका व्यक्तिहरुले ध्यानाकर्षण पत्र बुझाउन मन्त्री यादवको निवासमै पुगेका थिए ।

No comments:

Post a Comment