Tuesday, August 13, 2019

१३ औ सार्क गेम प्रतियोगिता जनकपुरधाममा

जनकपुरधाम, २८ साउन । यस वर्ष हुन लागेको १३ औं सार्क गेम प्रतियोगिता काठमाडौं लगायत जनकपुरधाममा पनि हुन लागेको छ । दिसम्वर (मंसिर) १ देखि ८ सम्म सो प्रतियोगिता हुनेछ । प्रतियोगितामा हुने २८ वटा गेम मध्ये एउटा गेम जनकपुरधाममा हुनेछ । काठमाडौं, पोखरा र जनकपुरधाममा सो गेम हुने जनाइएको छ ।
सार्क राष्टू अन्तर्गत ८ वटा देश रहेको छ । आठवटै देशका खेलाडीहरु काठमाडौं, पोखरा र जनकपुरधाममा आउने छ ।
राष्टिूय खेलकुद परिषदका सदस्य सचिव र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहबीच काठमाडौंमा भएको बैठकबाट एउटा गेम जनकपुरधाममा पनि हुने बताएका छन् । मेयर साहले भने, ‘जनकपुरधाममा सार्क स्तरीय गेमका लागि पहल गरेका थिए । तर २८ वटा गेम मध्ये कुस्ती प्रतियोगिता जनकपुरधाममै गर्ने सम्झौता भएको छ ।’
कुस्ती प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगला देश, भुटन लगायतका खेलाडीहरु भाग लिने मेयर साहले दैनिक जनकपुरलाई भनेका छन् । उनले चार दिवसीय कुस्ती प्रतियोगिता जनकपुरधामको तिरहुतिया गाछीमा हुने करीब पक्कापक्की भई सकेको बताएका छन् ।
सार्क स्तरीय यो प्रतियोगिता प्रदेश २ मै पहिलो रहेको छ । यस प्रतियोगितामा सबैको साथ र सहयोग रहने मेयर साहले विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘जनकपुरधामको पर्यटकीयस्तरबाट विकासमा यो प्रतियोगिताले अहमभूमिका निर्वाह गर्नेछ । प्रतियोगितालाई सफलमा जनकपुरधाम लगायत सबैले साथ दिनेछ ।’ उनले विकासको नाउँमा राजनीति होइन, सहयोगको चाहिन्छ । मलाई विश्वासछ, यस प्रतियोगिताको तयारीमा सबैले आ आफ्ना तर्फबाट सहयोग गर्नेछन् ।

No comments:

Post a Comment