Saturday, August 24, 2019

वडा अध्यक्ष शिवु साह जसले आफ्नो तलव भत्ता वृद्ध आमाहरुको सेवामा लगाउँछन


जनकपुरधाम, ६ भदौ । जनकपुरधाम उपमहा नगरपालिका वडा नं. २ का स्वतन्त्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष शिव कुमार साह अहिलेसम्म उठाएको तलवभत्ता वृद्ध आमाहरुको सेवा सत्कारमा नै खर्चिएको छ ।
धनुषामा १८ वटा पालिकामध्ये पहिलो वडा अध्यक्ष साह हुन जसले आफ्नो तलवभत्ताबाट नपुगेपनि घरबाट लगानी गरेर वृद्ध आमाहरुलाई तीर्थाटन गराएका हुन ।
२०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भयो । असोज ९ गते सपथ लिए । सपथ लिएको दुई महिना नवित्नै अर्थात कार्तिक मसान्तको चिसोको बेलामा वडा अध्यक्ष साहले वडामा रहेका वृद्धवृद्धाहरुलाई कम्बल, चावल, चाउचाउ, विस्कुट लगायतको सामाग्री वितरण गरे ।
त्यसको लगतै केही दिनमा वडामा रहेकी वृद्धाआमालाई धार्मिक भ्रमण गराए । एउटा बसमा ५८ जना वृद्धआमाहरुलाई लिएर भारत झारखण्डको वैद्यनाथ (बाबाधाम) र राजगिर भ्रमण गराए । गाडीका साथै भोजन, तीर्थ स्थलमा लाग्ने रकम समेत वडा अध्यक्ष साहले नै तिरेका छन् ।
२०७४ सालमै साहले नेपालकै पुष्पलपुरमा रहेको धार्मिक स्थल चमिनियाँ माई स्थानमा वृद्ध आमालाई दर्शन गराएका छन् ।  त्यो भ्रमणमा २२ वटा साना गाडीमा १२५ जनाको सहभागिता रहेको थियो । बेलाबेलामा वडा अध्यक्ष साहले नगरभित्रमा  भोजन, वस्त्र लगायत दानपुण्य गर्दै नै आएका थिए ।
२०७५ सालमा फेरी वडा अध्यक्ष साहले सयभन्दा बढी वृद्ध आमाहरुलाई काठमाण्डौंको धार्मिक स्थलका साथै मनोकामना दर्शन गराएका हुन् । दुईवटा बसमा वडा अध्यक्ष साहले वृद्धआमाहरुलाई साडी लगायतको वस्त्र दिएर भोजन, तीर्थस्थलमा तिर्नुपर्ने शुल्क आफैले तिरेका छन् । हिन्दु, मुस्लिमका पर्व त्योहारमा वडा अध्यक्ष साहले सबभन्दा बढी माया स्नेह वृद्धआमाहरुलाई नै गर्दै आएका छन् ।
वडाअध्यक्ष साह भन्छन् –‘वृद्ध आमाहरुको सेवामा मलाई धेरै खुशी र आनन्द लाग्छ । यो संसारमा कसैले केही लिएर जाँदैन, वृद्ध आमाहरुले मलाई आशीर्वाद दिए सबै सुख पाउँछु जस्तो अनुभूति हुन्छ ।’
उनले अहिलेसम्म उठाएको तलवभत्ता आमाहरुकै सेवामा लगाएको छ्ु । त्यसले पनि पुगेन भन्ने घरबाट पनि लगाउने गरेको बताउँछन् ।
साहले अहिलेसम्म वृद्धहरुको धार्मिक भ्रमणमा पाँच लाख रुपैया खर्चिएका जनाइएको छ ।

No comments:

Post a Comment