Sunday, August 25, 2019

‘मधेश प्रदेश’ की ‘जानकी’ वा मिथिला–भोजपुरा’

जनकपुरधाम, ७ भदौ । प्रदेश नं. २ मा सबभन्दा बढी चर्चाको विषय प्रदेशको नामाकरण भएको छ । सत्ता पक्ष र प्रतिपक्षीले भदौ ५गते प्रदेश सभाको सचिवालयमा दर्ता गराएको प्रदेशको नामाकरण पश्चात् सर्वसाधारणमा पनि जिज्ञासा बढेको हो ।
प्रदेशको राजधानी ‘जनकपुरधाम’ राख्न दुई तिहाई बढी साँसदहरुले प्रस्ताव प्रस्तुत गरेका छन भने प्रदेशको नामाकरणमा त्यतिकै झन्झटिलो बनाई दिएको छ । सत्तापक्ष राजपा र समाजवादीका साँसदहरुले प्रदेशको नाम ‘मधेश प्रदेश’ हुनुपर्ने जिकिर गरेका छन् । यता कम्युनिष्ट साँसदले ‘जानकी’ प्रदेश र नेपाली काँग्रेसका साँसदले ‘मिथिला(भोजपुरा’ राख्न प्रस्ताव नै दर्ता गराएका छन् ।
प्रदेशको राजधानी र नामाकरणका लागि दुई तिहाई साँसदको प्रस्ताव आवश्यक छ । तर यो बहुमत नत सत्तापक्षसँग रहेको छ र नत प्रतिपक्षीसँग नै छ । यसले गर्दा सर्वसाधारणमा प्रदेशको नाम के हुन्छ जिज्ञासा बढेको छ ।
यस सन्दर्भमा समाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुसँग कुराकानी गर्दा सबैले बेग्लाबेग्लै तर्क दिएका छन् ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका प्रत्याशी उमेश साह आफ्नो समाजिक सञ्जाल फेसबुकमा लेख्छन ‘मधेशको २२ जिल्ला २ वटा प्रदेश, राजधानीको स्थान बारे छैन कुनै खास विमति ! प्रदेशको नामाकरणको सवालमा मधेश मात्र होईन, मुलुककै गौरव, विश्व प्रसिद्ध हाम्रा २ विभुतिको नाम दुबै प्रदेशमा जोडेर मधेश प्रदेशको घोषणा गर्न सकिन्छ । प्रस्तावित नाउँमा संशोधन प्रस्ताव दर्ता गरी सर्व स्वीकार्य सहमति जुटाउन सकिन्छ । हाम्रो पहिचान र गौरव स्थापित गर्ने एउटा निर्विवाद सम्भावना बाँकी छ । राजर्षि जनक र सिद्धार्थ गौतम बुद्ध मधेशको विश्व प्रसिद्ध गौरव हुन । जस्तै ः ‘मधेश जनक प्रदेश’ ! सिद्धार्थ मधेश अथवा मधेश बुद्ध प्रदेश ! एउटा श्रेष्ठता र ज्ञानभुमि त अर्को शान्तिभुमि लाई दर्शाउछ । ३३ प्रदेश सभाका माननीय सांसद ज्युहरूलाई सुझाव ।’
त्यस्तै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहसँग कुरा गर्दा उनले भने, ‘जानकी प्रदेश’ सबभन्दा उचित हो । तर त्यसमा विवाद देखियो भन्ने ‘जानकी (मिथिला( मधेश’ प्रदेश राखे धेरै राम्रो हुन्छ ।’
त्यस्तै चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले त्यसलाई स्वीकारी रहेको छैन । साह भन्छन् (‘मधेश प्रदेश’ राखे राम्रो हुन्छ । तर त्यसमा राजनीतिक किसिमले विवाद छ भने ‘जानकी’ प्रदेश राखेमा हाम्रो पहिचान पनि झल्किन्छ ।
तर यता मुस्लिम समुदायका नेताहरुले त्यसलाई स्वीकार गर्न मानिरहेको छैन । मुस्लिम समुदायका अगुवा नेता साजिद हुसैन भन्छन् ‘लोकतन्त्रमा कुनै व्यक्ति विशेषको नाम वा धर्मको नाउँमा प्रदेशको नामाकरण गर्नु उचित हुँदैन । सबैलाई बोध हुने गरी प्रदेशको नामाकरण हुनुपर्छ ।’ उनले आन्दोलनको भरमा मधेश स्थापित भएको छ । यस प्रदेशको कुनै पनि हालतमा मधेश प्रदेश नै राख्नुपर्छ । मधेश प्रदेश बाहेक नामाकरण भएमा आन्दोलन गर्ने बताएका छन् ।  त्यसैगरी समाजिक अभियन्ता मनोज सिंह दनुवारले प्रदेशको नामाकरण धेरै सोचविचार गरेर राख्नपर्छ । उनले तीनवटै नामबाट एउटा नाम छनौट गर्ने हो भन्ने ‘जानकी’ प्रदेश राखेमा उचित हुन्छ ।’


No comments:

Post a Comment