Monday, August 19, 2019

जँब गर्ने इच्छा थियो मधेश आन्दोलनले नेता बनायो—राज्यमन्त्री कुशवाहा


जनकपुरधाम । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको बाल्यकालदेखि नै राम्रो शिक्षा हासिल गरेर राम्रो जँब गर्ने इच्छा थियो । सभा सम्मेलन तथा राजनीतिकर्मीबाट सधैं टाढा बस्ने राज्यमन्त्री कुशवाहा कहिल्यै पनि राजनीति गर्ने र सानै उमेरमा राज्यमन्त्रीसम्म बन्ने सोचेका थिएन । तर मधेश आन्दोलनले उहाँलाई नेता बनाइयो ।
बोर्डिङ्ग स्कूलमा पढ्ने उहाँको प्रबल इच्छा थियो । तर आर्थिक रुपमा सवल हुन नसक्दा समुदायिक विद्यालयमा नै पढ्य बाध्य भए । एसएलसीसम्म पढेर ओभरसियर बन्ने चाहना थियो, तर त्यो पनि पुरा हुन सकेन । आमा बुवाको चाहना थियो– कुनै टेक्निकल कोर्ष गरेर छोरा जाँब गरोस् । उहाँको इच्छा –प्रोफेसर बन्ने ।
अध्ययनकै क्रममा उनी एक पटक बिमार पडे । रोगले धेरै नै सतायो । डेढ वर्षसम्म भारत बिहारको सीतामढीमा उनी उपचारार्थ गराई रह्यो । उपचारपछि उनी घरफर्के । त्यतिबेला महोत्तरीको सदरमुकाम जलेश्वरदेखि उहाँको गाउँसम्म आन्दोलन चलिरहेको थियो । ‘स्वाभिमान, पहिचान र अधिकारका लागि यो युवाहरुको आन्दोलन हो ।’ मधेश मुक्तिको आन्दोलन भन्दै निक्कै चर्चा थियो । आन्दोलनमा पनि युवाहरुकै बढी जमात थिए ।
‘त्यो बेला साच्चिकै भन्ने हो भने त्यो आन्दोलनको नेतृत्व कुनै नेताले गरिरहेको थिएन । आफू पनि युवा नै भएकोले अचानक मेरो मनमा यसको नेतृत्व गरौ भन्ने जिज्ञासा जाग्यो’ उनी भन्छन– त्यतिखेर भर्खर २६ वर्षको मेरो उमेर होला ।
२०६३÷०६४ सालको कुरा हो । मधेशी जनता वर्षोदेखि शोषित पीडित र अधिकारबाट वन्चित रहँदै आएकोले आन्दोलन सफल गर्नुपर्छ सबैमा जोरजागर देखिन्थ्यो । आन्दोलन सफल पश्चात मात्र युवाहरु रोजगारी र सरकारको प्रत्येक निकायमा पहुँच बन्ने, मधेशी जनताको पहिचान स्थापित हुने सबैले भन्दै थिए । उनी पनि यस्ता कुराहरु सुनेर युवाहरुको आन्दोलनतर्फ आकर्षित हुँदै गए । हेर्दाहेर्दै आन्दोलनले उग्ररुप लियो । गाउँदेखि शहरसम्म  बन्द, हडताल, मशाला जुलुस लगायत हुन लाग्यो ।
केही नेताहरुले यो आन्दोलनको समीक्षा गर्न थाले । कसको नेतृत्वमा यति ठूलो आन्दोलन भई रहेको छ चर्चा हुन थाल्यो । आन्दोलन कुनै पार्टीको थिएन । त्यति बेला उपेन्द्र यादव नेतृत्वको ‘मधेशी जनअधिकार फोरम’ एउटा समितिको रुपमा मात्र रहेको थियो । मधेश आन्दोलनको शुरुवात उसैले गरेको थियो, जुन पछि थाहा भयो–कुशवाहा भन्छन् ।

यसै सन्दर्भलाई लिएर जलेश्वरमा नेताहरुको बैठक बस्यो । त्यसमा मलाई पनि बोलाइयो । नेताहरु भने, तिमी युवा हौ । तिमीमा जोसजाँगर छ । मधेशी जनताको मुक्ति का लागि मधेश आन्दोलन आवशयक छ भन्ने ‘मधेशी जनअधिकार फोरम’को बैनरमा आएर आन्दोलन गर । तत्काल म हिचकिचाए, पछि साथीहरुकै दवावमा मैले ‘ह’ भनिदिए ।
अध्यक्ष बन्ने कुरा आयो । साथीहरु मध्ये कसैले अध्यक्ष बन्न स्वीकार गरेन । अन्त्यमा साथीहरुले नै जबरजस्ती गाउँस्तरीय एउटा समिति बनाएर मलाई नै संयोजक बनाई दियो । मेरै नेतृत्वमा जलेश्वरदेखि हाम्रो गाउँसम्म अधिकारको आन्दोलन भयो । सबैले मलाई नेता जी नेता भन्न थाल्यो । स्थानीयहरुले मलाई नेता बनाई दियो । चाहेर पनि अलग हुन सकेन ।
२०६३÷०६४ को मधेश आन्दोलनको बारेमा शायद भन्नु पर्दैन । आन्दोलन लामो समयसम्म चल्यो । तराई मधेश लगायतको ठाउँमा १९ दिनसम्म बन्द हड्ताल भयोे । देश विदेशमा मधेश आन्दोलनको चर्चा भयो । पछि सरकार नतमस्तक भए र सम्झौता गर्न बाध्य भयो ।
२०६३ साल भाद्र १३ जनकपुरधामको राष्टू बैंकको सभाहलमा सम्झौताका लागि बैठक बस्यो । सरकारको तर्फबाट महन्थ ठाकुर लगायतका थिए र आन्दोलनकारीको तर्फबाट मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव सहितका नेताहरु ।  २२ बुन्दे सम्झौता पनि भयो । तर त्यसमा जुन प्रकारले मधेशको मुद्दा सम्बोधन हुनुपर्ने थियो, भएको देखिएन ।
यसै मुद्दालाई लिएर तत्कालिन फोरम दुई गुटमा विभाजित भयो । भाग्यनाथ गुप्ताको नेतृत्वमा जनआन्दोलन परिचालन समिति बनाइयो र आन्दालनलाई जारी राख्ने उद्घोष भयो । म पनि त्यही गुटमा साम्मेलन भए । भाग्यनाथ गुप्ताको नेतृत्वमा नै २२ बुँदे सम्झौताको समीक्षा काठमाडौं गर्ने उद्देश्यले बैठक बोलाइयो । त्यसमा मलाई पनि बोलाइयो । बैठकबाट आन्दोलन जारी राख्ने निर्णय भयो । जनतामा जुन प्रकारको उत्साह हुनुपर्ने थियो, त्यस्तो देखिएन ।
२०६४ मंसिर १३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी गठन भयो ।  यसमा विभिन्न पार्टी परित्याग गरी ठुल्ठूला नेताहरु पनि आए । मधेशी जनताको अधिकार सुनिश्चित गर्न मात्र मेरो लक्ष्य थियो । राजनीतिक ज्ञान त्यति थिएन । म पनि त्यसै पार्टी गए ।
०६४ सालमा संविधान सभा निर्वाचन हुने भयो । मलाई पनि प्रत्यक्षबाट टिकट दिने पार्टीभित्र चर्चा चल्यो । जिल्लाबाट टिकटका लागि मलाई सिफारिस पनि गरे  । गाउँहरुको दवावमा निर्वाचन लड्नका लागि म निक्कै उत्साहित थिए । तर यी सपना पुरा हुन सकेन । त्यति बेला केन्द्रिय सदस्यको रुपमा रामकुमार शर्मा थियो । केन्द्रिय नेताहरुले रामकुमार शर्मालाई टिकट दियो र मलाई सम्झाई बुझाई सहयोग गर्न भने । केन्द्रिय नेताहरुले प्रत्यक्ष निर्वाचनमा रामकुमार शर्मालाई सहयोग भन्यो र  समानुपातिकबाट तपाईलाई नै संविधान सभा सदस्य बनाउने प्रतिबद्धता समेत जनाए ।
मलाई प्रचार प्रसार समितिको संयोजक बनाइयो । गाउँमा मेरो पकड सबभन्दा राम्रो थियो । भारी मतले रामकुमार शर्मा ज्यू विजयी हुनुभयो । नेतादेखि गाउँलेहरुले पनि मलाई सम्मानित गर्यो । समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनाउने  निश्चित भएकोले स्वीकीय सचिवसम्म चयन भई सक्यो । सपथ लगायतका कार्यक्रमका लागि पोशाक पनि तयारी अवस्थामा थियो । तर अचानक करीब १२ बजे रातिमा फोन आयो । तपाईलाई समानुपातिकमा भएन  । म स्तब्ध भए । साथीहरु पनि निक्कै रिसाए ।
फेरी पार्टीका संयोजक महन्थ ठाकुरले मलाई काठमाडौं बोलाइयो र भने, त्यसको चिन्ता तिमी नलेऔं । तिमीलाई राज्यस्तरको सुविधा दिन्छौ. । मैले अस्वीकार गर्दै भने, म सुविधाको लागि राजनीतिमा आएको होइन । मधेशी जनताको अधिकार सुनिश्चित गर्नका लागि आएका होउ भनेर जनकपुर फर्के ।
दुःख त लागेकै थियो । तर हार मानेन । मधेश मुद्दा मलाई निक्कै सताई रहेको थियो । पार्टीलाई अझै बलियो बनाउन मैले सक्रियता देखाई नै रह्यो । केही दिनमा पार्टीका संयोजक महन्थ ठाकुर र महेन्द्र रायबीच मतभिन्नता हुन थाल्यो, त्यो पनि विधानलाई लिए ।
महन्थ ठाकुर नेतृत्वको पार्टी पनि फुट्यो । महे्रन्द्र राय यादवले तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल गठन गर्यो । म पनि त्यसै पार्टी गए । मलाई केन्द्रिय सदस्य बनाई दियो ।
२०७० सालमा निर्वाचन भयो । ती पार्टीबाट मलाई टिकट दियो । किसान छाप मेरो चुनाव चिन्ह थियो । थोरै मतले म पराजित भए । निर्वाचत पश्चात् मलाई ती पार्टीका केन्द्रिय सहमहामन्त्री पनि बनाइयो ।
२०७४ साल बैशाख ७ गते ६ वटा पार्टी मिलेर राष्टिूय जनता पार्टी नेपाल (राजपा) गठन भयो । केही दिनमा स्थानीय तहको निर्वाचन भयो । राजपाबाट मनरा सिसवामा राजपाकै मेयर र उपमेयर विजयी भए । यो निर्वाचनमा मैले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
०७४ साल मंसिर २१ गते प्रदेश सभा सदस्यको निर्वाचन हुने भयो । राजपा र तत्कालिन संघीय समाजवादी फोरम मिलेर लड्ने सहमति भयो । मेरो क्षेत्र फोरममा पर्यो । म निक्कै चिन्तित भए । राजपाले मेरो लागि खासै सक्रियता र भूमिका निर्वाह गरेन । निर्वाचनमा सहयोग गरेका साथीहरुले ममाथि नै रिसाए । क्षेत्र मेरो, पकड मेरो तर निर्वाचन लड्न नपाउने मेरो लागि दुःखद क्षण थियो । साथीहरुको दवावमा म रिसाएर राजपा पार्टी नै परित्याग गरिदिए ।
पार्टी परित्याग पछि फोरमबाट मलाई ‘अफर’ आयो । मैले पनि सहज रुपमा स्वीकार गरेर । संघीय समाजवादी फोरमले मलाई ती क्षेत्रबाट लड्न टिकट पनि दियो । फोरम र राजपाबाट बागी उम्मेदवार पनि भयो । तर भारी मतले म नै विजयी भए ।
राजनीतिक परिपक्कता र जनताको पकडको मूल्यांकन पार्टीले गरे र राज्यमन्त्रीसम्म  मनाई दिए ।
महोत्तरीको मनरासिशवा ६ बस्ने रामदिनेश महतोको छोरा सरोज सिंह कुशवाहा हुन ।  जनता माध्यमिक विद्यालय बगडामा एसएलसी उत्तीर्ण गरेर पछि साइन्स लिएर ग्रेजुएट पनि गरे उनी। तीन दाजुभाई मध्ये सबभन्दा कान्छो हुन सरोज ।  बुवा रामदिनेश महतो शिक्षक पेशा हुनुहुन्छ भन्ने दुई ठूलादाई चिकित्सक पेशामा हुनुहुन्छ ।
आदर्श व्यक्तिको रुपमा सरोज सिंह कुशवाहा आफ्ना बाजे (बाबा) रामअशिष महतोलाई मान्दै छन भन्ने राजनीतिकमा मन परेका व्यक्ति
भारतका क्रान्तिकारी नेता सुभाषचन्द्र बोस र अहिंसावादी नेता महात्मा गाँधीलाई ठान्दैछन ।
धोतीकुर्ता उहाँको पहिरन रहेको छ भने  झुठ, असत्य र बढी बोल्ने व्यक्ति मन नपर्ने भन्छन् –कुशवाहा ।
उहाँसँग गरेको कुराकानीको आधारमा

No comments:

Post a Comment