Wednesday, August 7, 2019

जनकपुरधाम मोवाइल एप र वेवसाइटमा

जनकपुरधाम, २१ साउन । जनकपुरधामलाई अझै पर्यटकीय दृष्टिले विकास गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले यूएनडिपीसँग पर्यटन सूचना केन्द्रको स्थापनाका लागि पहल गरेका थिए । उपमहानगरपालिकाको पहल पश्चात् दुबै पक्षबीच साउन २७ गते सम्झौता समेत भएको छ । नेपालमै पहिलो सूचना केन्द्र जनकपुरधाममा नै सञ्चालन हुन लागेको उपमहानगरपालिकाले दावी गरेका छन् ।
चितवनको सरौहमा यूएनडिपीका प्रतिनिधि मैजेन घाइजेडिन र उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा जनकपुरधामलाई पर्यटकीय दृष्टिले विकासका लागि यहाँका कला संस्कृति, मठ मन्दिर, भाषा तथा पहिचानलाई स्थापित गर्नुका साथै व्यवसायीलाई समेत उजागर तथा पर्यटकलाई तान्ने रहेको छ–उपमहानगरपालिकाका प्रोजेक्टर म्यानेजर दीपेश साहले जनाएका छन ।
पर्यटन सूचना केन्द्र अन्य ठाउँमा भएपनि जनकपुरधामका अलि फरक किसिमको रहेको उनले बताएका छन् । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामलाई पर्यटकीय किसिमले विकास गर्नका लागि सबभन्दा पहिला पर्यटकलाई तान्ने योजना बनाउनु पर्दछ । जबसम्म देश विदेशका हाम्रो जनकपुरधाममा पर्यटक आउँदैन तबसम्म पर्यटकीय दृष्टिले विकास सम्भवछैन । त्यसका लागि उपमहानगरपालिकाले विभिन्न किसिमको योजना बनाएको बताएका छन् ।
मेयर साहले भने, ‘जनकपुरधामलाई मोवाइल एप र वेवसाइटमा राख्ने पहिलो योजना हो । त्यसका लागि तिव्रत गतिमा कार्य भई रहेको छ ।’ मेयर साहले पर्यटक तान्नका लागि अनलाईन र अफलाईन योजना बनाएका छौं । अनलाइन भन्नाले मोवाइल एप, वेवसाइट निर्माण र वृत्तचित्रहरु रहेको छ । त्यस्तै अफलाइन भन्नाले पर्चा पम्पलेट मार्फत प्रचार प्रसार, हुडिङ्गबोर्ड, पर्यटकलाई गाइडको व्यवस्था आदि रहेको बताएका छन् ।
उनले यो कार्यालय जानकी मन्दिर वरिपरी वा राममन्दिर वरिपरि रहने बताएका छन् । जनकपुरधाममा आउने पर्यटकलाई जनकपुरधाममा रहेको धार्मिक, साँस्कृतिक ठाउँमा यहाँबाट परिचालित गाइडलाइनले घुमाउने व्यवस्था गर्ने बताएका छन् । त्यसका लागि  होटल व्यवसायी तथा व्यापारीहरुको संगठनसँग अन्तरक्रिया लगायतको कार्यक्रम गर्ने पनि बताएका छन् ।


No comments:

Post a Comment