Saturday, August 17, 2019

आशाको आश भएन पुरा


जनकपरधाम । सिरहाकी धनगढीमाई नगरपालिका १० बस्ने आशा पालले अधिकार सुनिश्चित गर्न र न्याय पाउने उद्देश्यले राजनीतिमा गइन । तर झण्डै पीडा बोकेर फर्केकी छिन ।
पाल मधेशी जनताको अधिकार सुनिश्चित पार्न र उहाँप्रति भएको अन्ययको लागि तत्कालिन माओवादी, सघीय सदभावना पार्टी र सिके राउत नेतृत्वको स्वतन्त्र गठबन्धनमा नै सक्रिय भएर कार्य गरेपनि सबैबाट निराशा नै पाइन ।
आर्थिक रुपमा निक्कै कमजोर भएको कारणले उनी एसएलसीसम्म पनि पढ्न भएको छैन ।  २०५५ साल बैशाख २४ गते करीब १९ वर्षको उमेर उहाँका आमाबुवाले रामचन्द्र पालसँग विहे गरिदिए । विहे गरेर सुखी जीवन विताई रहेका थिए आशा र रामचन्द्र पाल । तर विहे भएको चार वर्ष नवित्दै समस्याको बोझ उहाँमाथि पर्न गयो । 
श्रीमान रामचन्द्र पाल सिरहाकै गौरीपुर विष्णुपुर स्थित एउटा विद्यालयमा शिक्षकको रुपमा कार्यरत थिए । त्यतिबेला माओवादी र प्रहरीबीच निक्कै द्वन्द रहेको थियो । प्रहरीले आशाका श्रीमान रामचन्द्र पाललाई सुराकीको आरोपमा २०५९ साल मंसिर ११ गते पक्राउ गरे । त्यतिबेला आशाको ६ महिनाको एउटा छोरी पनि थिए ।
आर्थिक रुपमा कमजोर पहिलादेखि नै थिए । त्यसपछि माओवादीको सुराकीको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गर्दा आशा अझै कमजोर भइन । २७ महिनासम्म श्रीमानलाई छोडेन । मधेशी जनताप्रति राज्यको ज्यादतिदेखेर आशा माओवादी पार्टीमा लागिन । तर माओवादीले आशाको आशा मार्यो ।
माओवादीबीच नै दुई गुट हुँदा २०६६ साल माघ २९ गते धनगढीको जिरोमाइल स्थित ३ कट्टा जग्गा माओवादीले कब्जा गरे । त्यति मात्र होइन, आशापालको परिवारलाई गाउँ निकाला पनि गरिदिए । आशाले त्यति बेला नेपाली काँग्रेस, एमाले सहितका राजनीतिक दललाई गुहारे तर कसैले आशालाई भरोषा दिलाउन सकेन । आशाको भरोषा टुटदै गयो ।
आशाले बाध्य भएर तत्कालिन अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीको सदस्यता लिइन । सक्रिय भएर पार्टीको कार्य गरे । मधेश आन्दोलनमा आशाले निक्कै भूमिका निर्वाह गरिन । अशाले  निक्कै चर्चा पनि कमायो । तर पार्टीले आशालाई स्थान दिन सकेन ।
जातिय राजनीतिले निक्कै पीडा त्यो पार्टीमा देखेर आशाले त्यो पार्टी पनि परित्याग गरिन । आर्थिक रुपमा कमजोर, अल्पसंख्यक र पहुँच नहुँदा पीडा बाहेक आशालाई कसैले केही दिन सकेन । त्यतिबेला सिके राउतको पनि निक्कै चर्चा थियो ।
सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले मधेशी जनतालाई आजाद गराउने आशालाई आश जाग्यो । आशाले सिके राउतमा लागिन । कैयौं पटक उनी पक्राउ समेत परिन । प्रहरीले यातना पनि दिए । मधेशमा मात्र होइन, देशभरिमा सिके राउतको चर्चा थियो । मधेश आजाद गराउने उनमा क्षमता पनि आशाले देख्यो । तर त्यो पनि आशाको आश मेट्यो ।

No comments:

Post a Comment