Tuesday, July 30, 2019

जनकपुरधामको व्यापार ‘शून्य’ खुल्ला बोर्डर र बाढी नै मुख्य कारण


जनकपुरधाम, १३ साउन । जनकपुरधामको बजार व्यवसायी दुई महिनादेखि ‘शुन्य’ मा झरेको यहाँका व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले असार र श्रावण महिनामा घरभाडा र स्टाफ खर्च समेत पुरा हुन नसकेको दावी गरेको छ ।
चेम्बर अफ धनुषाका अध्यक्ष विजय साह भन्छन ‘ जनकपुरधाममा खुद्रा व्यापारदेखि लिएर ठूलठूला व्यापारहरु धारासायी हुन थालेको छ । यसको कतिपय कारण मध्ये नेपाल(भारतको खुल्ला सीमा मुख्य हो ।’ उनले धनुषाका अधिकांश उपभोक्ताहरु २०देखि २५ हजारसम्मको सामानहरु भारतको बाजरबाट सहज पूर्वक ल्याउने गर्दछ । भारतमा यहाँबाट सस्तो सामानहरु पनि पाउँ छन ।  तर त्यही सामानहरु यहाँका व्यापारीहरु बेच्दा महँगो पर्दछ । नेपाल सरकारले लगाएको करको कारण यस्तो समस्या पर्ने गरेको बताएका छन् ।
अध्यक्ष साहले नेपालमै राम्रो व्यापार फस्ट्योस त्यसका लागि खुल्लाबोर्डरमा कडाई र आफ्नै मुलुकमा उत्पादन बढाउनु आवश्यक छ । तर त्यसका लागि नेपाल सरकार, प्रदेश सरकार निक्कै उदासिन हो । प्रदेश र संघीय सरकारले व्यापार व्यवसायमा ध्यान नपुर्याएमा व्यापारहरु धारासायी हुँदै जाने ठोकुवा पनि गरेका छन् । नेपाल सरकारले व्यापार व्यवसायीलाई ध्यानमा राखेर नीति बनाउनु पर्दछ । सहज रुपमा सामानहरु उपलब्ध गराउनु पर्दछ । एक ठाउँदेखि अर्को ठाउँमा पुर्याउनका लागि यातायात लगायतमा सहज वातावरण बनाउनु पर्दछ उनले भने, ‘नेपाल सरकारले अहिले ल्याएको कर नीतिको कारण पनि व्यापारहरु धरासायी हुन लागेको हो ।’
‘असारमा केही दिन छिटफुट बिक्री पनि भयो । तर श्रावणमा दुई हजारसम्मको पनि बिक्री भएको छैन’ गोविन्द वस्त्रालयका सञ्चालक जितेन्द्र साहले भने । उनले जनकपुरधाम लगायत धनुषाको गाउँदेखि शहरसम्म डुबानमा परेको छ । मान्छे सडकमा छैन, स्टाफ खर्च पनि पुग्दैन । दुई महिनादेखि कुनै दिन बिक्री हुन्छ कुनै दिन हुँदैन । एक लाख भाडा तिर्नुपर्छ, के गरौ चिन्ता नै सताई रहेको बताएका छन् ।
त्यस्तै किराना पसले रामबहादुर साह भन्छन ‘जनकपुरधाममा घरभाडाहरु निक्कै बढेको छ । तर बिक्री त्यो अनुपातमा निक्कै घटेपनि हो । यसको कारण प्रत्येक पालिकामा हाटबजार, व्यवसायी बढेको हो । जहाँसम्म सस्तो कुरा गर्ने हो भन्ने किराना पसलेका सामानहरु भारतीय बजारबाट ल्याउने गरेको कारणले पनि यहाँका व्यापार व्यवसायी ‘शुन्य’ झरेको छ ।’

No comments:

Post a Comment