Sunday, May 31, 2020

नेकाँ धनुषाद्वारा प्रेस युनियनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जनकपुरधाम, १८ जेठ । नेपाली काँग्रेस धनुषाका जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोज कुमार साहले नेपाल प्रेस युनियन धनुषालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
नगर सभापति साहको पहलमा नेपाली काँग्रेसका वरिष्ठ नेता तथा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर बजरंग प्रसाद साहले सो स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन ।
नगर सभापति साह र पूर्व मेयर साहले संयुक्त रुपमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार साहलाई मास्क, सेनिटाइजर तथा ग्लोब्स हतान्तरण गरेका छन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरसभापति साहले कोरोना जस्ता अदृश्य रोग फैलिरहेको अवस्थामा पनि पत्रकारहरु समाजलाई सजग र सचेत गराईको छ । उनीहरु धन्यवादका पात्र हुन । यो सामाग्री खासै नभएपनि पहिलो प्रयास रहेको बताएका छन् ।
नेपाल सरकारको बजेटमाथि टिप्पणी गर्दै उनले भने, ‘वर्तमान सरकार गैर जिम्मेवार सरकारको हो । विश्व कोरोना भाइरसबाट परेशान छ । तर हाम्रो सरकारको बजेट हेर्ने हो भन्ने स्वस्थ्य र कृषिमा आधारित छैन ।’ उनले अगाडि थपे ‘निर्माण लगायतको बजेट कटौती गरी कोरोनामा लगाउनु पर्दछ ।’
वर्तमान बजेट व्यापारी मुखी, गरिबीमुखी, किसान मुखी हुनुपर्छ उनले भने, ‘बिजुली बिल, खानेपानी, भुमीकर, टेलिफोन र व्यापारीहरुको घरभाडा र बैंकको ब्याज राज्यले तिर्नुपर्छ ।’
कार्यक्रममा पूर्व मेयर बजरंग प्रसाद साह, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य शैलेन्द्र झा, रामभरत साह सहितका व्यक्तिहरु समसामयिक विषयमा विचार राखेका थिए ।

No comments:

Post a Comment