Saturday, May 30, 2020

रुकुम र रुपन्देही घटनाको विरोधमा कालोपाटी बाँधेर धनुषामा प्रर्दशन


जनकपुरधाम, १७ जेठ । धनुषामा दलित अधिकारकर्मीहरुले रुकुम र रुपन्देही घटनाको विरोधमा कपालमा कालो पट्टी बाँधेर सडकमा प्रदर्शन गरेका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको राजमार्गमा सैयौंको संख्यामा दलित अधिकारकर्मीहरुले घटनाको दोषीमाथि कारवाहीको माँग गर्दै प्रदर्शन गरेका हुन ।
दलित जागरण अभियानको आयोजनामा भएको सो कार्यक्रममा दलित अधिकारकर्मीहरुले नवराज विक लगायतको हत्यारालाई फासी देउ, दलितमाथिको विभेद अन्त गर, नरसंघारको दोषीलाई कारवाही गर लगायतका नाराहरु लगाएका थिए ।
प्रदर्शन कार्यक्रममा उर्मिला पासमान, कृष्णा कुमारी तमांग, जोगेन्द्र महरा, तिलक परियार, टेक बहादुर बिक, विनोद महरा, सोति पासमान, चन्देश्वर सदा सहितका व्यक्तिहरु उपथित रहेका थिए ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ निवासी वीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज विकबीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुने क्रममा जेठ १० गते सामूहिक हत्या गरिएको थियो । जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुनुका साथैसँगै गएका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता छन् । कथित जातीय उचनीचका नाममा प्रेम विछोड गराउन त्यहाँ मच्चाइएको रक्तपात हाम्रो सामाजिक चेतनामाथिकै नमेटिने कलंक हो । यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवता विरोधी यस हत्याकाण्डको उनीहरुले निन्दा तथा भन्र्सना पनि गरेको छ  ।
त्यस्तै रुपन्देही जिल्लाको देवदहमा १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय हत्या भएको थियो । वर्तमानमा रुकुमपश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । उक्त टोलीले रुपेन्देहीको घटना समेत छानविन गर्न दलित अगुवाहरुले माँग गरेका छन् ।
हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनवीन गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न, अब उप्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न समेत माँग गरेका छन ।

No comments:

Post a Comment