Saturday, May 2, 2020

पण्डित अमृतनाथ मिश्रको ५ औं स्मृति दिवसमा अनलाइन संगोष्ठी

जनकपुरधाम, २० बैशाख । महोत्तरीको पिपरा गाउँपालिका ७ बनौलीका मैथिली भाषका साधक, संस्कृत वाङ्ममयका निष्णात विद्वान पण्डित अमृतनाथ मिश्रको ५ औं स्मृति दिवस मनाइएको छ ।
कोरोना भाइरसको कारण देशमा लगाएको लकडाउनको पालना गर्दै सो स्मृति दिवस अनलाइन संगोष्ठी मार्फत मनाइएको हो ।
अमृतनाथ चिन्तन प्रतिष्ठान, बीरगंजका अध्यक्ष भगवान मिश्रको अध्यक्षतामा भएको अनलाइन संगोष्ठीमा नेपाल भारतका विभिन्न जिल्लाका विद्वानहरु आफ्ना विचार राखेका छन् ।
संगोष्ठीमा नेपाल प्रज्ञाप्रतिष्ठान काठमाण्डौका कुलपति गंगा प्रसाद उप्रेती, कामेश्वरसिंह संस्कृत विश्वविद्यालय, दरभङ्गाका पण्डित शशिनाथ झा, अमेरिकाबाट  सहप्राध्यापक अयोध्या प्रसाद श्रीवास्तव, जनकपुरधामका वरिष्ठ पत्रकार रामभरोस कापडि ‘भ्रमर’, राजेश्वर नेपाली , विद्यापति पुरस्कार कोषका सदस्य सचिव नविन मिश्र, वरिष्ठ साहित्यकार देबेन्द्र मिश्र, हृदयकान्त झा, कालीकान्त झा “तृषित“, सतीशचन्द्र झा“सजल“, दरभङ्गाका वरिष्ठ साहित्यकार, चन्द्रमोहन झा “पडवा“                                 जनकपुरधामका वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरी, शिक्षा विद् ज्ञानेन्द्र झा, कवि शोभाकान्त झा, पुरातत्वविद, गोपाल झा, कवियित्री  पूनम झा ‘मैथिली’, संस्कृत मनीषी डा.गणेश पाण्डे, सदस्य अमृतनाथ चिन्तन प्रतिष्ठानका श्रीमती रेखा मिश्र, वरिष्ठ कवि त्रिभुवन झाले सो संगोष्ठीमा विचार राखेका थिए ।
सुश्री अन्तिका मिश्रको प्रमुख आतिथ्य तथा सुरेन्द्र मिश्रको विशिष्ट अतिथिमा भएको संगोष्ठी कार्यक्रममा विद्वान पण्डित अमृतनाथ मिश्रको  योगदान र विद्वतको चर्चा गरेका छन् । कार्यक्रमको सञ्चालन अमृतनाथ चिन्तन प्रतिष्ठानका सचिव दिनेशचन्द्र मिश्रले गरेका थिए ।

No comments:

Post a Comment