Wednesday, May 27, 2020

नेकाँ नगरसभापति साहद्वारा उपमहानगरपालिकालाई ६ बुँदे ध्यानाकर्षण पत्र

जनकपुरधाम, १४ जेठ । नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोज साहले ६ बुँदे माँग प्रस्तुत गर्दै जनकपुरधाम उपमहानगरपालिकालाई ध्यनाकर्षण गराएको छ ।
अदृश्य रोग कोरोना भाइरसलाई नियन्त्रण गर्नकालागि सरकारले लगाएको लकडाउनले गर्दा सर्वसाधारण जनता निक्कै प्रभावित भएकोले स्वास्थ्य सामाग्री सहितको सामाग्रीहरु उपलब्ध गराउनका लागि नगरसभापति साहले मेयर लालकिशोर साहलाई ध्यनाकर्षण गराएका हुन ।
नगरसभापति साहले ६ बुँदे ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै अविलम्ब स्तरीय र संख्यात्मक  रुपमा क्वारेन्टाइन आइसोलेशनको व्यवस्था हुनुपर्ने, प्रादेशिक अस्पतालमा पिपिई उपलब्ध गराउनु पर्ने स्वाँव टेष्टको दयरा बढाउने, विश्वासनीय परीक्षण ल्याब  स्थापना गर्नुपर्ने रहेछ । त्यसैगरी जनकपुरधामको गोपाल धर्मशालामा बनाइएको क्वारेन्टाइनमा शौचालय, पानी, खानेपानी, पोषिसलो खाना र सरसफाईको अभाव रहेको दोष लगाउँदै कम्तिमा बीस हजार मानिस राख्न सकिने सुविधा सम्पन्न क्वारेन्टाइन बनाउनु पर्ने, भारतबाट आएका नागरिकलाई पहिचान गरी क्वाइरेन्टाइनमा राख्न व्यवस्था मिलाउने रहेको छ ।
त्यस्तै नगरक्षेत्र भित्र मच्छर नियन्त्रणका लागि औषधी छर्किने, ढलको सरसफाई गर्ने, नगरक्षेत्रको पूर्वमा नगर डुबान खतराबाट बचाउने कार्य हुनुपर्ने, उपमहानगरपालिका भित्रमा बाँडिएको राहत अपुग रहेकोले लक्षित गरीब, मजदुरले पाउन नसकेको कारणले स्थानीय वडाहरुबाट वास्तविक राहत वितरणको व्यवस्था मिलाउने । त्यसैगरी महामारीको कराण आर्थिक संकटको अवस्था विचार गरी नागरिकको भू बहालकर, घर जग्गा कर, बहाल कर, मालपोत दस्तुर  मिनाहा गरी जनतालाई राहत प्रदान गर्ने जस्ता माँग राखी मेयर साहलाई ध्यानाकर्षण गराएका हुन ।
यता मेयर साहले ध्यानाकर्षण पत्र बुझ्दै यस मध्ये केही कार्य सञ्चालनमा रहेको र बाँकी कार्य छिट्टै गर्ने प्रतिबद्धता जनाएका छन् ।


No comments:

Post a Comment