Sunday, May 31, 2020

ट्रान्सफोर्म नेपालद्वारा प्रदेशिक अस्पतालाई स्वास्थ्य सामाग्री

जनकपुरधाम, १७ जेठ । गैर सरकारी संस्था ट्रान्सफोर्म नेपालले प्रदेश नं. २ का प्रदेशिक अस्पताललाई आईतवार स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
चीनको अमिटी फाउण्डेशन र लव फाउण्डेशनको सहयोगमा ट्रान्सफोर्म नेपालले सो सामाग्रीहरु प्रदेशिक अस्पतालमा प्रदान गरिएको जनाइएको छ ।
ट्रान्सफोर्म नेपालका निर्देशिक रविन्द्र दासले कोरोना भाइरस अर्थात कोभिड—१९ बाट चिकित्सकहरु सुरक्षित रहन र बिरामीको उपचारमा समस्या नआउने उद्देश्यले यो संस्था स्वास्थ्य सामाग्री सहयोग गरेको जनाइएको छ ।
प्रदेश साँसद रामअशिष यादवको प्रमुख आतिथ्यमा स्क्रीन फेस ६ सय पीस तथा ग्लोब ८ हजार पीस प्रादेशिक अस्पतालका मेसु डा. नागेन्द्र यादवलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामाग्री बुझ्दै डा. यादवले वर्तमान अवस्थामा यो स्वास्थ्य सामाग्री चिकित्सकहरुलाई सुरक्षित रहन र बिरामीलाई निर्भिक्क भएर उपचार गर्नमा निक्कै उपयोगी हुने बताएका छन् । उनले प्रदेश २ मा सबभन्दा बढी कोरोना भाइरस जस्ता अदृश्य रोगबाट मानिसहरु संक्रमित भईरहेको छ । कतिपय चिकित्सकहरुमा समेत कोरोना पोजेटिभ देखिएकोले यस्तो अवस्थामा यो सामाग्रीले रोग लाग्नबाट बचाउने विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा आफन्त नेपालका संयोजक जय प्रकाश मण्डल, प्रदीप यादव, डा. रामनरेश पण्डित, डा. रामज्ञान मण्डल सहितको उपस्थिति रहेको थियो ।
अदृश्य रोग कोरोना भाइसबाट प्रदेश २ मा ६०९ जना संक्रमित भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या करीब १५ सय व्यक्ति संक्रमित रहेको र ती मध्ये २ सय १९ जना निक्कै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment